यस्तो छ सार्वजनिक यातायात सञ्चालनको तयारी

काठमाडौँ । सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित सार्वजनिक तथा आन्तरिक हवाई यातायात असोज ५ गतेबाट खुला गर्ने निणर्य गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूणर् पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निणर्य गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात असोज ५ गतेबाट खुला गर्ने प्रस्ताव कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पठाएको थियो ।

सीसीएमसीले उक्त प्रस्तावका आधारमा निणर्यका लागि मन्त्रिपरिषद् बैठ्कमा पेस गरेको थियो । सरकारको यसअघिको निणर्यबाट असोज १ गतेसम्म लामो दूरीको सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

असोज १ गतेबाटै सञ्चालन गर्दा व्यवस्थापनमा कठिनाइ हुन सक्ने भएकाले असोज ५ गतेबाट यातायात सञ्चालन गर्ने गरी प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ । यातायात सञ्चालनका लागि राजनीतिक दलका नेता तथा मन्त्रालयमा व्यवसायीले दबाब दिँदै आएका थिए ।

गत चैत ११ गतेदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन बन्द थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया