मेचीनगरकी कोरोना संक्रमित वृद्धाको धरानमा मृत्यु

मेचीनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा १ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगर-८ की ७२ वर्षीया वृद्धा रहेको छिन् ।

मेचीनगरकी ७२ वर्षीया वृद्धालाई श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरमा कमजोरी र निमोनियाको लक्षण देखा परेर असोज ४ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा थप समस्या देखिएपछि झापास्थित कन्काई अस्पतालले उनलाई धरान रेफर गरेको थियो । सोही दिन प्रतिष्ठानको ल्याबमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डा. सापकोटाले बताए ।

प्रवक्ता डा. निदेश सापकोटाका अनुसार वृद्धाको आइतबार राति ९ः२० बजेको समयमा मृत्यु भएको हो ।

प्रतिष्ठानमा मृत्यु भएको शव व्यवस्थापनको तयारी भइरहेको डा. सापकोटाले बताए ।

तपाईको प्रतिक्रिया