मेचीनगरका ५ सहित देशभर १४५९ कोरोना संक्रमीत थपिए

मेचीनगर । झापामा मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेचीनगरमा मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा मेचीनगर नगरपालिका ६ की प्राइम बैंकमा कार्यरत एक स्थानीय महिला कर्मचारी र ४ जना बाहिरी जिल्लाका पुरुषहरु रहनु भएको छ । भारतबाट आएर मेचीनगर ६ काँकरभिट्टाको होटल क्वारेन्टाइनमा बसेका ४ पुरुषमा कोरोना पुष्टि भएको हो ।
झापामा सक्रिय संक्रमितको संख्या १२७ रहेको स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।

त्यसैगरी, प्रदेश १ मा मंगलबार झापाका ५ सहित मोरङ १११, सुनसरी १७, खोटाङ १, ओखलढुंगा १, भोजपुर १, पाँचथर १, ताप्लेजुङ १, संखुवासभा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

देशभर थप १४५९ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ । मंगलबार १ हजार ४५९ जना थपिदा कोरोनाका कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १०६२ जना संक्रमण मुक्त हुँदा नेपालमा कोरोनाको संक्रमण पछि स्वास्थ्य हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । जुन कुल संक्रमितको ७१.५ रहेको छ ।

मंगलबार ११ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया