मेचीनगरमा मंगलबार ३ जनामा कोरोना पुष्टि

मेचीनगर । मेचीनगर नगरपालिकामा मंगलबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका वडा नं ३ का एक पुरुष र दुई महिलामा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्ये २ जना स्थानीय र १ जना भारतबाट आएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा मंगलबार २० जनामा कोरोना संक्रमण
दमक नगरपालिका वडा नं ५ का एकै परिवारका ५ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित हुने त्यस परिवारमा ८ वर्षका बालक पनि रहेका छन् । त्यस्तै दमक ४, ७ र ८ वडाका ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको छ ।

दमक अस्पतालका दुईजना स्वास्थ्यकर्मीलाई पनि संक्रमण देखिएको छ । संक्रमित हुनेमा एक पुरुष र एक महिला स्वास्थ्यकर्मी रहेका छन् ।

त्यसैगरी, भद्रपुर नगरपालिकाका वडा नं १ का एक कारागार कैदीमा कोरोना पुष्टि भएको हो ।

झापामा कुल संक्रमितको संख्या ८१३ पुग्दा ७२२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या ९९ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

हालसम्म झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया