भारतद्वारा प्याज निर्यातमा रोक

झापा । भारत सरकारले प्याजको निर्यातमा  रक लगाएको छ । भारी वर्षाका कारण दक्षिणी भारतमा प्याजको उत्पादन घटेकाले निर्यातमा प्रतिबन्ध लगाएको हो ।

लगातारको वर्षाका कारण भारतको कर्नाटक, आन्ध्रप्रदेश लगायतका दक्षिणी राज्यमा उत्पादन घटेपछि प्याजको मूल्य बढेको छ । भारतको आन्तरिक बजारमा प्याजको माग अत्याधिक छ ।

आन्तरिक माग पूरा गर्न नसक्ने अवस्था भएपछि भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतले प्याज निर्यात आएपछि नेपालमा समेत मूल्यवृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया