प्राइम बैंक काँकरभिट्टाकी महिला कर्मचारीमा कोरोना पुष्टि

काँकरभिट्टा । मेचीनगर ६ काँकरभिट्टा स्थित प्राइम बैंककी एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्राइम बैंक काँकरभिट्टा शाखामा कार्यरत मेचीनगर ६ की एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले बताए ।
भदौ २३ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित पीसीआर प्रयोगशाला पठाइएको थियो ।

६१ वटा नमुना मध्ये ६० वटा पीसीआर नतिजा नेगेटिभ आउँदा १ जनाको नतिजा पोजेटिभ आएको बरालले जानकारी दिए ।

प्रयोगशालाबाट मंगलबार प्राप्त नतिजामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित महिलालाई मेचीनगर ११ स्थित धाईजन स्वास्थ्य चौकी भवनको आइसोलेशन सेन्टर लगिएको समिति संयोजक बरालले बताए ।

यसैगरी मेचीनगरमा कोरोना संक्रमितको संख्या १२७ पुगेको छ ।

जसमा ११० जना संक्रमण मुक्त भई घर फर्कदा १७ जना आइसोलेशनमा उपचाररत रहेका छन् ।

केही साताअघि प्राइम बैंक इटाभट्टा शाखाकी एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया