पत्रकार तिम्सिना परिवारलाई मातृशोक

झापा । पत्रकार तिम्सिना परिवारलाई मातृशोक परेको छ ।

पत्रकारहरु गणेश तिम्सिना, सुजन तिम्सिना, भोला तिम्सिना, निर्मला तिम्सिना र सृजना तिम्सिनाकी ७० वर्षीया आमा पवित्रा तिम्सिनाको निधन भएको छ ।

आइतबार राति ९ वजे धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा तिम्सिनाको निधन भएको हो ।

टाउको र छाती दुखेर उनको कनकाई अस्पताल बिर्तामोडमा असोज १ गते भर्ना गरिएको थियो । विरामीको अवस्था झन जटिल बन्दै गएपछि अस्पतालले धरानलान सुझाव दिएको थियो ।

सोही अनुसार कनकाईका डाक्टर चन्दन विश्वासले धरान लान रेफर गरेका थिए ।

यसअघि पनि पवित्राले कनकाईका डाक्टर डिके आचार्यसँग मुटु, प्रेसर, सुगर लगायतका रोग बारेमा नियमित जाँच गराउने गरेको अस्पतालको भनाइ छ ।

आइतबार विहान ८ वजे धरान रेफर गरिएको अस्पतालले जनाएको छ ।

उनका ६ जना छोरा र ४ जना छोरीहरु छन् । छोराहरु रामकृष्ण, भोला, बासुदेव, गणेश, प्रविण, सुजन तथा छोरीहरु रमा, मञ्जु, निर्मला र सृजना तिम्सिना छन् ।

पत्रकारहरु गणेश, सुजन, भोला, निर्मला र सृजना तिम्सिना विभिन्न पत्रिका, रेडियो तथा अनलाइनमा आवद्व छन् ।

तपाईको प्रतिक्रिया