नक्कली प्रहरी हुँ भन्ने एक व्यक्ति सक्कली प्रहरीको फन्दामा

कमल । आफुलाई प्रहरी बताउने एक व्याक्तिलाई दमक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरुगेको छ ।

झापाको कमल गाउपालिकाका विभिन्न होटलमा आफु प्रहरी ईन्स्पेक्टर हुँ भन्दै खाजा तथा पेय पदार्थ खादै पैसा नतिरी हिड्ने दमक ५ निवासी ५८ वर्षिय ईन्द्र प्रसाद थापालाई नियन्त्रणमा लिएर अनुसन्धान भै रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तपाईको प्रतिक्रिया