दमकमा दुई स्वास्थ्यकर्मीसहित थप १४ जनामा कोरोना संक्रमण

झापा । झापाको दमकमा आज दुई स्वास्थ्यकर्मीसहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दमक नगरपालिका वडा नं ५ का एकै परिवारका ५ जनामा संक्रमण देखिएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित हुने त्यस परिवारमा ८ वर्षका बालक पनि रहेका छन् । त्यस्तै दमक ४ , ७ र ८ वडाका ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी दमक अस्पतालका दुईजना स्वास्थ्यकर्मीलाई पनि संक्रमण देखिएको छ । संक्रमित हुनेमा एक पुरुष र एक महिला स्वास्थ्यकर्मी रहेका छन् ।

शुक्रबार परीक्षण गरिएका १४० मध्ये १४ जनामा पोजेटिभ देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।