झापाका थप ५ जनामा कोरोना पुष्टि, मृत्यु हनेको संख्या ५

झापा । झापामा बुधबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा नं १० का २ पुरुष र १ महिला, दमक नगरपालिका वडा नं २ का १ महिला, गौरादह नगरपालिका वडा नं ८ का १ पुरुषमा कोरोना पुष्टि भएको छ ।

भद्रपुर नगरपालिकाका ३ जना संक्रमित मध्ये १ जना स्थानीय र २ जना भारताबाट आएका हुन् भने दमक नगरपालिका एक जना र गौरादह नगरपालिकाका एक जना स्थानीयामा कोरोना संक्रमित देखिएको हो ।

झापामा कुल संक्रमितको संख्या ८१८ पुग्दा ७३० जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या ९९ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

बुधबारसम्म झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया