खोलामा डुबेर नाबलकको मृत्यु

झापा । बिर्तामोड-७ मा दुई वर्षीय जीवन मर्डीको घर नजिकै खोलामा डुबेर मृत्यु भएको छ ।
मृतकका बाबु राजु मर्डीका अनुसार बुधवार राति ९ बजे ती नावालक घरबाट हराएका थिए ।

विहीवार विहान ६ बजेतिर खोजी गर्दै जाँदा आफन्तले नै घर नजिकको रेखा खोालमा डुबिरहेको अवस्थामा शब भेटेका थिए ।

घर र खोलाको दूरी ३०० मिटर मात्र रहेको प्रहरीले जनाएको छ ।