कमल ५ मा रहेको साधुहोलि तथा सिमसार क्षेत्रको अनुगमन तथा निरीक्षण

उमानाथ भण्डारी

कमल । कमल गाउँपालिका वडा नं ५ मा रहेको साधुहोलि तथा सिमसार  क्षेत्रको अनुगमन तथा निरीक्षण गरिएको छ ।

कमल गाउँपालिकाको गौरवको योजनामा रहेको साधुहोलि तथा सिमसारक्षेत्रको  प्रवर्धन  र संम्वर्धन गर्दै  यस क्षेत्रको भावि पर्यटन विकास, रतुवा खोला नदि नियन्त्रण चाँजु खोला देखि साधुहोलि जाने झोलुङ्गे पुल निर्माण टुक्रे बस्ति व्यवस्थापन लगायत विविध विषयमा अनुगमन टोलि विच छलफल भएको सम्माननीय प्रधानमन्त्रिका प्रमुख स्वकिय सचिव  ईन्द्र  भण्डारिले बताए ।

एक स्थानिय तह एक गन्तव्य स्थान अन्तरगत यो क्षेत्र पर्ने भएकोले यस क्षेत्रको विकासका लागी गाउँपालिका लागी परेको छ । यसक्षेत्रको विकासका लागी गाउँपालिकाले संघिय सरकार समक्ष ५ करोड रुपैयाको गुरु योजना सहित प्रस्ताव पेश गरेको कमल गाउँपालिकाले उपाध्यक्ष बेनु शिवाकोटीले जानकारी दिए । यहाँ पानीको राम्रो श्रोत छ । गत वर्ष गाउँपालिको तर्फबाट पानीको संरक्षण  गरेका थियौं ।  अब त्यो पोखरीको वरीपरि सडक बनाउने योजनामा रहेको उपाध्यक्ष शिवाकोटीले बताए । वहाँका अनुसार चाँजु खोलाले छोडेको जमिन प्रयोग गर्ने विषयमा स्थानिय बासी बिच सहमति भएकोले यो क्षेत्रमा गाउँपालिकाले प्रयोग गर्नेगरी प्रसस्त मात्रामा खाली जमीन भएकोले यस क्षेत्रको विकासको सम्भावन धेरै रहेको शिवाकोटीले बताए ।

यो ऐतिहासिक क्षेत्र भएकोले यसक्षेत्रमा साधुका मुर्ति राख्नुका साथै आन्तरिक तथा वाह्य पर्यटकलाई मनोरन्जन दिने खालका भ्यु टावर,वोटिङ्ग, स्वमिङ्ग सहितको पिकनिक स्पोर्टका साथै सभा सम्मेलन गर्नका लागी अत्याधुनिक सुविधा समपन्न सभाहलसमेत निर्माण गर्नेगरी डिपिआर तयार गरिएको कमल गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

यसक्षेत्रको विकासका लागी  गाउँपालिकाको तर्फबाट १ करोड ५० लाख र प्रदेश सरकार बाट ४० लाख रुपैया बिनियोजन भैसकेको समेत अधिकृत श्रेष्ठले बताए ।

अनुगमन टोलीमा सम्माननीय प्रधानमन्त्रिका प्रमुख स्वकिय सचिव ईन्द्र भण्डारी, प्रदेश नं १ का माननीय अर्जुन राई, प्रधानमन्त्री कार्यलयका सचिवालय सदस्य होम थापाका साथै स्थानिय सहितको टोलिले अनुगमन गरेको थियो ।

तपाईको प्रतिक्रिया