अन्तर मावि अनलाइन वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता सम्पन्न

झापा । विपदमा बालअधिकारको सुनिश्चितताः हामी सबैको प्रतिवद्धता’’ भन्ने मूल नाराको साथमा मुलुकभर ३१ औं राष्ट्रिय बाल दिवस-२०७७ बिबिध कार्यक्रमका साथ मनाइएको छ ।

सोहीक्रममा नेपालकै पाँचौ र प्रदेश नं.१ कै पहिलो बालमैत्री नगर बन्न लागेको भद्रपुर नगरपालिकाले पनि नगरक्षेत्रका अन्तर मावि अनलाइन वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता एवम् विषय विज्ञहरूसँग अनलाइन सम्वाद कार्यक्रमको आयोजना गरी राष्ट्रिय बाल दिवस मनाएको छ । ‘‘बालमैत्री स्थानीय शासनमा बालबालिकाको भूमिका’’ शीर्षकमा वक्तृत्वकला प्रस्तुत गर्ने ११ जना बालबालिकामध्ये प्रज्ञा एकाडेमीकी आर्जु बस्नेत प्रथम भएकी छिन् । त्यसैगरी वक्तृत्वकला प्रतियोगितामा विभूति विद्या मन्दिरकी रुक्सुम गुरागाई द्धितीय र विभूतिकै विदिशा ढकाल तृतीय भएका छन् भने हिमालय बोर्डिङ्ग स्कूलका रोशन सिक्देल सान्वना भएका छन् । उद्धव विष्ट, गोपाल लिम्बु र जीवनकला राउत रहेको निणर्ायक मण्डलले वक्तृत्वकला प्रतियोगिताको छनौट गरेका थिए ।

चित्रकला प्रतियोगितामा वभूति विद्या मन्दिरका हरदेव राजवंशी प्रथम, विदुर बोर्डिङ्ग स्कूलका विगेन गुरुङ्ग द्धितीय, एभरेष्ट स्कूलकी भेषजा खतिवडा तृतीय र विदुर बोर्डिङ्ग स्कूलकी रिचा गुरुङ्ग सान्तवना भएकका छन् । १० जना प्रतियोगीहरूले अनलाईन सहभागिता जनाएको चित्रकला प्रतियोगिताको पवन राजवंशी, अरिफ अली र अनिल प्रधानले निणर्ायक भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी भद्रपुर नगरपालिकाको आयोजना तथा नगर बाल सञ्जाल भद्रपुरको सह-आयोजनामा अनलाइन सम्बवाद कार्यक्रमको आयोजना गरिएको छ । अनलाईन सम्वाद कार्यक्रममा भद्रपुर नगरपालिकाको नगर बाल सञ्जालका पूर्व अध्यक्ष सुशिल खत्रीले-‘ बाल क्लव/बाल सञ्जालमा रहँदाको अनुभव र आपूmमा आएको परिवर्तन’ को बारेमा ।

सञ्चारकर्मी दिपक अधिकारीले-‘बालअधिकार प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिका’ को बारेमा । सुनवन नगरपालिका पूर्व बालसञ्जाल अध्यक्ष तथा बाल अधिकारकर्मी बिपना शर्माले-‘ बालमैत्री स्थानीय शासन घोषणामा बाल सञ्जालको भूमिका र आप्mनो अनुभव’ को बारेमा । ईन्डिजेनियस टेलिभिजनका कार्यक्रम प्रस्तोता कुमार यात्रुले-‘नेपालमा बालअधिकारको स्थिति र बालबालिकाका लागि गरिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयासहरू’ को बारेमा । राष्ट्रिय बाल सञ्जालका पूर्व संस्थापक अध्यक्ष तिलोत्तमा पौडेलले-‘ बालमैत्री स्थानीय शासनको आवश्यक्ता र कार्यन्वयनका चुनौतीहरू’ को बारेमा । भद्रपुर नगरपालिकाका उप-प्रमुख चन्द्रमाया श्रेष्ठले-‘बालबालिका सम्बन्धी नेपालका कानूनी व्यवस्था र बालमैत्री स्थानीय शासन नगर घोषणाका लागि भद्रपुर नगरपालिकाले निर्माण गरेको दस्तावेजहरू’को बारेमा । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले-‘बालमैत्री स्थानीय शासन अभियानमा भद्रपुर नगरका गतिबिधिहरूबारे जानकारी’ का बारेमा । र जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले-‘विपदमा बाल अधिकार सुनिश्चितताका लागि हाम्रो भूमिका’ को बारेमा अनलाइन सम्वाद गरिएको थियो ।

नगर बाल सञ्जाल भद्रपुरकी अध्यक्ष आरध्या प्याकुरेलको अध्यक्षता, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईको स्वागत मन्तव्य रहेको अनलाइन सम्वाद कार्यक्रमको सहजिकरण बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रमका फोकल व्यक्ति दिपक पाण्डेले गरेका थिए ।

तपाईको प्रतिक्रिया