प्रदेश १ मा २९० सहित ४१८ कोरोना संक्रमति थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ४१८ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार संक्रमितको संख्या पाँच हजार ७३२ जना रहेका छन् ।
जसमा प्रदेश १ मा २९० जना, प्रदेश २ मा दुई हजार ३५७ जना, बागमती प्रदेशमा ६५१ जना, गण्डकी प्रदेशमा २७२ जना, प्रदेश ५ मा ३१५ जना, कणर्ाली प्रदेशमा २९८ र सुदुरपश्चिम प्रदेशमा एक हजार ५४९ जना कोरोना संक्रिय संक्रमित उपाचारत रहेका छन् ।

त्यसैगरी कोरोना निको हुनेको संख्या १४ हजार ९६१ पुगेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया