झापाका ८ सहित नेपालमा ८५५ जनामा कोरोना संक्रमण

झापा । झापाका ८ सहित नेपालमा मंगलबार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

झापाका ४ जना स्थानीयमा कोरोना संक्रमण

झापामा मंगलबार ४ स्थानीय सहित ८ जना कोरोनाका संक्रमित थपिएका छन् ।

झापामा आज कोरोना संक्रमण पुष्टि भएकामा भद्रपुर ४, गौरीगञ्ज १, कन्काई १, कमल गाउँपालिका २ रहेकोे स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापाका ८ संक्रमित मध्ये ३ जना भारतबाट आएका थिए भने, त्यस्तै १ जना सुरक्षाकर्मी रहँदा १ जना औषधी व्यवसायी र ३ जनामा संक्रमण पुष्टि भएको छ । झापामा मंगलबार कन्काई नगरपालिकाका १ जना औषधी व्यवसायीमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै कमल गाउँपालिकाका २ जना र गौरीगञ्ज गाउँपालिका १ जना स्थानीयमा समेत कोरोना संक्रमण पुष्टि भएको फोकल पर्शन जीवन चौलागाईंले बताए ।

मंगलबार ८ जना थपिदा झापामा कोरोना संक्रमितको संख्या ५१७ पुगेको छ । आज प्रदेश १ का ७ जिल्लामा संक्रमणझापाका ८ सहित प्रदेश नं १ मा आज मोरङ ४५, सुनसरी १६, उदयपुर १, ओखलढुंगा १, खोटाङ १, संखुवासभा २, धनकुटा २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ११ हजार ३२७ वटा पीसीआर परीक्षण हुँदा नेपालमा कुल पीसीआर परीक्षणको संख्या ६ लाख २१ हजार ९०१ पुगेको प्रवक्ता गौतमले मिडिया ब्रिफींगमार्फत जानकारी दिए । मंगलबार थप ३१३ जना निको भएर डिस्चार्ज हुँदा हाल सम्म नेपालमा निको भएर घर फर्कनेको संख्या १९ हजार ११९ पुगेको छ । जुन कुल संक्रमितको ५७ प्रतिशत रहेको छ ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको रुपमा आइसोलेशनमा रहनेको संख्या १४ हजार २५० जना रहँदा क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार २७५ रहेको मन्त्रालयले जनाएको छ । मंगलबार थप ७ जनाले ज्यान गुमाएनेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६४ पुगेको मन्त्रालयले पुष्टि गरेको हो ।

तपाईको प्रतिक्रिया