बिर्तामोडको पाँचौं नगरसभा सम्पन्न

बिर्तामोड। बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न भएको छ ।
असार १० गते सुरु भएको पाँचौं नगरसभाले प्रस्तावित १ अरब १५ करोड ४ लाख ८८ हजार आयब्यय हुने गरीको बजेट पारित गरेको छ । जसअन्तरगत ३९ करोड ८१ लाख ८६ हजार र पूँजीगत खर्च ५८ करोड २३ लाख २ हजार र सामाजिक सुरक्षावापत १७ करोडको खर्च हुने छ ।
नगर प्रमुख ध्रुबकुमार शिबाकोटीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख पबित्रा महतारा प्रसाईले सो बराबरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
असार २८ गते सम्पन्न भएको नगरसभामा प्रस्तावित बजेट, नीति, कार्यक्रममाथि १० वटै वडाका अध्यक्षहरुले आ–आफ्नो वडाको बजेट सिलिंग प्रस्तुत गर्दे आफ्नो वडाको विकासका योजना पेस गरेका थिए । यसैगरी नगरसभामा बिभिन्न समितिका संयोजकहरुले समितिका तर्फबाट सुझाब पेस गरेका थिए ।
बिर्तामोड नगरपालिकाले प्रत्येक वडालाई १ करोडको सिलिंग दिएको थियो । सो सिलिंगअन्तरगत रहेर वडाले बजेट पेस गरेको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया