फाटेको मन कसरि सिलाउने ? 

मातृका लामिछाने
हेर्दाको डाल ढिडाको काल
नेकपाको येस्तै छ हाल
जनतालाई अनिकाल
नेता जति सधै मालामाल
भन्थे हामी हौं ठुलो बिमान
बढ्यो दिनदिनै अभिमान
पाइलटको आ आफ्नै शान
कक्पीट भित्रै भयो हानाहान
जहाजका यात्रु उस्तै
मुख कन्छाबाउको दुरुस्तै
सरकारको गति सुस्तै
कछुवाको चाल जस्तै
एउटाले पांग्रा निकाल्ने
अर्को पखेटा फुकाल्ने
एउटाले शिशा फुटाउने
अर्कोले ब्रेक उठाउने
न  पांग्रा बिना गुड्न सक्यो
न पखेटा बिना उड्न सक्यो
न शिशा बिना पौडन सक्यो
न ब्रेक बिना दौडन सक्यो
घरैमा छन् रडाको मच्चाउने
त्यहि छन् लाख करोड पचाउने
कसले गर्ला काम सच्च्याउने
डोको छोपेर कतिन्जेल बचाउने ?
खाने बेलामा जुँगा मिलाउने
कुर्सि नपाउदा जिउ चिलाउने
फुटाउने कोहि, कोहि मिलाउने
फाटेको मन कसरि सिलाउने ?

तपाईको प्रतिक्रिया