नेपाली कांग्रेसको १४ औं महाधिवेशन र युवा पुस्ताको अपेक्षा

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकबाट फागुन ७ देखी १० गते सम्म आफ्नो १४ औ महाअधिवेशन गर्ने गरि तयारी अघि बढाएको छ ।कार्यतालिका अनुसार पुष ७ गते देशभरिका ७ हजार वडाको अधिवेशन , पुष ८ गते ७५१ स्थानीय तहमा र पुस ११ गते प्रदेशसभाको अधिवेशन गर्ने निणर्य बैठकले गरेको छ । त्यस्तै प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन पुष १३ गते , एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुष १६ गते र प्रदेशहरूमा माघ ६ गते अधिवेशन गर्ने निणर्य पनि गरेको छ । काग्रेस केन्द्रीय समितिको यो निणर्यसँगै मुलुक भरिका ७ हजार वडा हुदँै केन्द्र सम्म नै कांग्रेसको आन्तरिक राजनिती तातिने निश्चित प्राय छ साथसाथै कमजोर प्रतिपक्ष रुपमा चित्रण भईरहेको अवस्थामा यो महाअधिवेशन नेपाली काग्रेसकै निम्ति महत्वपूणर् हुनेछ । काँग्रेसलाई आउने दिनमा अझ सशक्त रूपमा अगाडी बढाउँन आम काँग्रेसका क्रियाशिल सदस्यहरूले वडा देखी केन्द्रसम्म क़स्तो प्रतिनिधिलाई चुन्नेछन , यो अर्थमा पनि १४ औ महाधिवेशन महत्वपूणर् छ ।मुलुकको लगभग दुई तिहाई नजिक जनमत प्राप्त नेकपा ( डबल) को सरकार एक पछी अर्को काण्डमा मुछिएको छ । वाईडबढ़ी काण्ड , ७० करोड टेप प्रकरण , बालुवाटार काण्ड लगायतका अनेक काण्ड हुदै स्वास्थ्य सामग्री खरिद प्रकरण भएको अनियमिताको चर्चाले यो सरकार आलोचित छ । अझ कोरोना महाव्याधि रोकथाम , पिसिआर टेस्ट , क्वारेनटाइन व्यवस्थापनमा सरकारको असक्षमताले  गर्दा आगामी निर्वाचनमा नेपाली जनताले नेकपाको विकल्प खोज्ने देखिन्छ । यो परिवेशमा नेपाली कांग्रेसले यो अधिवेशनमा आफूलाई पूणर् रूपमा परिमार्जित गरी आउने चुनावमा आम नेपाली जनता माझ आफूलाई नेकपाको विकल्पको रूपमा प्रस्तुत गर्ने सक्ने नेतृत्वको चयन गर्नु पर्ने जरुरी छ । हालकै अवस्थाको काँग्रेसलाई नै आम जनताले विकल्पको रूपमा पत्याउँछन भनेर कसैले सोचेको छ भने त्यो गम्भीर भूल हुन सक्छ । तेस्तो भ्रम कसैले नराख्दा पनि हून्छ ।यद्यपि पछिल्लो समयमा काग्रेसले केहि आशलाग्दा कर्म पनि गरेको छ । कोरोना महाव्याधिसंग जुध्न सरकारको साथमा छौ भनेर सांकेतिकरुपमा एक मुष्ठ रकम कोरोना कोषमा जम्मा गरेर गरेको शुभकार्य होस या पार्टीको आन्तरिक संगठन बलियो बनाउन गरिएको जागरण अभियान होस , काँग्रेस परिमार्जित हुन खोजेको भान हुन्छ । हालका दिनमा कोरोना महब्याधि पछि आउने चुनौतिहरूको विषयमा काँग्रेसले विभिन्न विज्ञहरूसँग चलाइरहेको छलफल , राष्ट्रियताको विषयमा एकमत , संसदमा केहि युवा नेताहरूको दमदार प्रस्तुति , प्रचारमा प्रविधिको प्रयोग र पार्टीको धारणा आम मानिसमा माझ ल्याउन प्रयोग गरेको विधि लगायतको काम हेर्दा पछिल्लो आम निर्वाचनको परिणामले आइसियुमा पुगेकी पार्टी अहिले आएर आइसियूबाट नीक्लिएर नर्मल वाड तर्फको यात्रामा अग्रसर भएको हो कि भन्ने भान नभएको भन्ने हैन । तर यतिले मात्र पुग्दैन र यो पर्याप्त छैन ।आउने १४ अधिवेशनमा वडा देखि केन्द्र सम्म काग्रेसले कस्तो नेतृत्व चयन गर्छ र ति नेतृत्वले भुई मानिसका एजेण्डा उठान गर्छन् कि गर्दैनन भन्ने चुनौती काँग्रेसमा छ । काँग्रेसको नेतृत्वमा (वडादेखी केन्द्र सम्म) युवा पुस्ताको उपस्थिति क़स्तो रहने होला भन्ने प्रश्नको उत्तर पनि यही अधिवेशनबाट प्राप्त हुनेछ । अक्सर महाधिवेशनमा केन्द्रीय स्तरमा युवा सहभागिता विषयमा आवाज उठे पनि तल्लो तहमा यो मुद्दा ओझेल मै पर्छ । हाम्रो वरिपरीनै हेर्ने हो भने एउटै नेतृत्वले लामो समयसम्म  महाधिवेशन प्रतिनिधि , महासमिति लगायत पार्टीको पदमा आसिन  देखिन्छ । न त उहाँहरूले अब हामीलाई पुग्यो भन्नु हुन्छ , न त स्थानीय युवा नेतृत्वले क्रान्तिकारी हस्तक्षेप गरेको देखिन्छ । अझ युवा नेतृत्वहरूनै आफ्नो दाबेदारी प्रस्तुत नगरी “मार्गदर्शन मण्डल” मा राखिनु पर्ने आदरणीयको वरिपरी प्रयोग भईरहेको देखिन्छ जसको परिणाम काँग्रेस दिन प्रतिदिन कमजोर भईरहेको छ । युवापुस्ताले बिश्वास गरेको , आफ्नो अनुहारलाई प्रतिनिधित्व गर्ने व्यक्ति पार्टीको स्थानीय संरचनामा नपाउँदा यो पुस्ताको पार्टी प्रतिको घट्दो क्रेज़लाई १४ औ महाअधिवेशनले सम्बोधन गर्ने जरुरी छ ।अर्को तिर अधिवेशनको क्रममा हुने “मनि एण्ड पावर” को अत्याधिक प्रयोगले कांग्रेसभित्र  “तन र मन “ दिएका विस्थापित हुने र “धन” दिएका स्थापित हुने परम्परा  पनि यो अधिवेशनबाट हट्नु जरुरी छ । “असिना पानीमा” समेत “पसिना” बगाएका कार्यकर्ता पछाड़ी पारिनु र “द्रव्य” को आडमा राजनीतिक मन्चमा “ताण्डव” गर्नेहरू अगाडी बढ़नाले धेरै नेतृत्वहरू पार्टीबाट पलायन हुने क्रम जारी छ । १४औ महाधिवेशनले यो रोक्न सक्नु पर्छ । मनि एंड पावरको कोपभाजनमा परेर निस्सासिएका कार्यकतालाई यो अधिवेशनले उचित न्याय दिन सकोस । आशा छ आउने १४ महाधिवेशनले काँग्रेस भित्र भावनात्मक एकता ल्याउने छ , वडा देखी केन्द्र सम्म युवा सहभागिता सुनियोजित गर्दै नेपाली काँग्रेस रूपान्तरणको कोशेढुंगा सावित हुनेछ ।

(लेखक : नेपाली काँग्रेस, झापा-१ क्षेत्रीय सहसचिव हुनुहुन्छ । )

तपाईको प्रतिक्रिया