तिमी र म

तिमीले गालामा लगाएको क्रिम र पाउडर,अनि ओठमा लगाएको लालीले तिमी जति सुन्दरी र राम्री देखिएकि छौ
त्यो भन्दा राम्रो त तिमीले कम्मरमा बाधेको बाह्रहाते पटुकी, चौवन्दी चोली र नेपाली फरियाले देखिएको छ ।
सुविधा सम्पन्न होटल र रेष्टुरेन्टमा गएर तिमीले खाएको ब्रेकफास्ट वर्गर, फाई राईस र पिजामा जति तागत र पौष्टिक आहार छ ।
त्यो भन्दा बढी त कोदोको ढिडो, फापरको रोटी मकैको भात र सिस्नोको सागमा छ।
हुन त तिमीलाई गाउँमा खरले छाएको फुस्को घरको वरण्डामा बसेर सिल्भरको थालमा आमाले बुनेको पराल र मकैको खोसेलाको पीरामा पलेटी मारेर ढिडो र फापरको रोटी खान मन पर्दैन होला।
किन कि तिम्रो त होटल र रेष्टुरेन्टमा डाईनिङ टेवलमा चम्चा र काटाले व्रेकफास्ट, लञ्च र डिनर खाने वानी छ
हो १ मलाई पनि तिम्रो जस्तै गरि तिमीले खाएकै पिजा, वर्गर फ्राईराईस खाने मन त नभएको कहाँ हो ।
जसरी तिमीलाई खेतको आलीमा बसेर मैले विहान खाएको चाम्रे र साधेको गुन्द्रुकको अचार खान मन लाग्दैन , त्यसैगरी मैले पनि पिजा, वर्गर र व्रेकफास्ट खान जानेकै छैन् ।
म जोत्दै गरेको हलो र गोरू एकछिन विसाउदै आलीको डिलमा बसेर विहानको खाजा चाम्रे र साँधेको गुन्द्रुक खादै गर्छु
तिमी पनि करोडौको तिमी सवार कार टक्क रोकेर होटल र रेष्टुरेन्टमा छिर्दै डाईनिङ टेवलमा बसेर खान थाल्छौ।
फरक यति हो म आलीको डिलमा बसेर खाजा खान्छु, तिमी होटलको डाईनिङमा बसेर व्रेकफास्ट।
तिमीले फ्राईराईस खादै गर्दा मैले खाने हर्दी हालेको चाम्रे नै हो।
मैले विहान खाने खाजा तिम्रो लागि व्रेकफास्ट हो, मैले दिउसो खाने भात तिम्रालागि लञ्च अरे मैले ५ नबज्दै रातको खाना गाउँमा खादा तिम्रो डिनर त रातभरि नै शहरमा चल्दो रहेछ।
खेतका गरामा मैले गोरू नारेर हलो जोत्दै गर्दा
म सँग त रोपाहार, व्याडे र वाउसेमात्र हुन्छन।
तिमीले मैले जस्तै हलो जोत्यौं भने ठुल्ठुला क्यामरा र रेकर्डर तिम्रा अघि राखिन्छ
फरक यति हो मैले हलो जोत्दा सामान्य ठानिन्छ, तिमीले जोत्दा ठुल्ठुला अखवारका पाना भरिन्छ ।
चाम्रे खानु हाम्रा लागि सामान्य हो जसरी तिम्रा लागि पिजा, वर्गर खानु ।
मैले पिजा खादा कसैका लागि समाचार बन्ला, जसरी हलो जोत्दा तिमी बन्यौ
मैले रूपैयाँ गन्दा तिमीले मनि गन्यौ।
            लेखक पत्रकार >   लक्ष्मी उप्रेती

तपाईको प्रतिक्रिया