कोरोना कहरसंगै फेरिएको वातावरण


वेद उपनिषद लगायत सबै धार्मिक पौराणिक ग्रन्थमा एउटै कुरा के पढ्न पाइन्छ भने संसारमा जब प्रकृतिले धान्न नसक्ने गरि मानव जाति भरिन्छ । तब प्राकृतिक प्रकोपहरु जस्तै बाढी, पहिरो, भूकम्पलगायत दैविक प्रकोप आदि इत्यादि आउने गर्दछ । हामी पनि कहिले काहीँ हो नै रहेछ भन्ने सोच्न बाध्य हुन्छौं । विगत ६ महिनादेखि जारी कोरोना कहर रोकिने कुनै संकेत नदेखिंदा त झन यो पनि एउटा प्रकोप नै हो ठान्नेहरु व्यापक पाइएको छ।
वन जङ्गलको विनाश पाखा पखेराको दोहन अनगिन्ती हावा दूषित पार्ने कलकारखाना अति आवश्यक खोलानालाहरु दूषित र यत्रतत्र फोहोरको डङ्गुर अचेल यी यावत कुराहरु मानिसका जनजीवन सञ्चालन पयार्य भैसकेका जस्तो लाग्छ ,नियालेर बुझ्ने हो भने यो एक प्रकारको लापरबाही कै उपज हो । हामी ले बुझ्नु पर्ने कुरा के हो भने सन्सारमा रहेका हरेक कुरासंग मानव जीवन जोडिएको हुन्छ ।

हामिले लिने श्वास हामिले खाने खाना हामिले पिउने पानी हरेक कुरा प्रकृतिमा भर पर्ने कुरा हुन तर बुझेर बसझ पचाउँदै छौ। जुन लापरबाही प्रवृत्ति कै उपज माहामारीको रुपमा आएको कोरोनाले एकातिर लाखौको ज्यान लिई सकेको छ र लिने क्रमजारी छ विगत६महिना देखि पूरा विश्व ठप्प छ ।हाम्रो दैनिक जीवन कष्टकर र दयनिय बन्दै गएको छ भने अर्को तिर यसले हामीलाई प्रकृतिसंग खेलवाड गर्न हुन्न भन्ने गतिलो पाठ सिकाएको छ । यसरी हामी घर भित्र बन्धक भएको यो अबस्थामा हामी देख्न सक्छौ खोला नालाको पानी सिधै पिउन सक्ने भएको छ वनजङ्गल डाँडा पाखा मनोरम बनेका छन वातावरण यति स्वच्छ भएको छ कि हामीले लिने हावा स्वच्छ बनेको छ यसरी भनिरहदा कोरोनाले मान्छे मार्नु सहि या ठिक भन्ने बुझाई पक्कै पनि हैन तर हामीले स्विकार्नु पर्ने यथार्थ के हो भने हामी यस्ता विपद र माहामारी बाट सधै का लागि सुरक्षित रहन पक्कै पनि हाम्रो वातावरण र प्रकृति सङ्ग खेलवाड गर्न हुदैन कोरोना कहर सङ्गै बद्लिएको वातावरण लाई मध्यनजर गरेर प्रकृतिप्रेमी बन्न आजको आवश्यकता हो भन्न र बुझ्न जरुरि लाग्छ ।
(लेखक सामाजिक अभियानमा संलग्न हुनुहुन्छ)

तपाईको प्रतिक्रिया