इटालियन सिरी ए फुटबलमा युभेन्टस ससुओलोसँग बराबरी


एजेन्सी । लिग लिडर युभेन्टस इटालियन सिरी ए फुटबलमा ससुओलोसँग बराबरीमा रोकिएको छ । बुधबार राति ससुओलोको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले ३–३ गोलको ६ गोलको रोमाञ्चक बराबरी खेलेको हो ।
खेलमा अग्रता भने पाहुना टोली युभेन्टसले लिएको थियो । पहिलो हाफमा लिएको २–० गोलको अग्रता जोगाउन नसक्दा युभेन्टस अंक बाढ्न बध्य भएको हो ।
खेलको पाँचौं मिनेटमा ड्यानिलोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । १२ औं मिनेटमा गोन्जालो हिगुएनको गोलबाट युभेन्टस २–० गोलले अगाडि बढ्यो । तर ससुओलोका फिलिप ज्युरिकले गोल गर्दै गोल अन्तर घटाए । उनले खेलको २९ औं मिनेटमा गोल गर्दै खेल २–१ मा ल्याएका हुन् ।
त्यसपछि ५१ औं मिनेटमा डोमनिको बर्दीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको तीन मिनेट नबित्दै फ्रान्सेस्को कैपुटोले गोल गरेपछि घरेलु टोली ३–२ गोलले अगाडि बढ्यो । ६४ औं मिनेटमा युभेन्ट्सका एलेक्स सान्ड्राले गोल गरेपछि निकै नै रोमाञ्च बनेको खेल ३–३ गोलको बराबरीमा रोकिएको हो ।
बराबरीसँगै युभेन्ट्सले ३३ खेलमा ७७ अंक जोड्दै दोस्रो स्थानको एटलान्टाभन्दा ७ अंकको अग्रता लिएको छ । ससुओलोको समान खेलमा ४७ अंकसहित आठौं स्थानमा यथावत छ ।

तपाईको प्रतिक्रिया