१७ औं राष्ट्रिय धान दिवस मनाइयो

उमानाथ भण्डारी
कमल । १७ औं राष्ट्रिय धान दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
“धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र संमृद्धि” भन्ने नारासहित १७ औँ राष्ट्रिय धान दिवश मनाइएको हो ।
यसै क्रममा आज झापाको कमल गाउँपलिकाले पनि विभिन्न कार्यक्रम गरी धान दिवश मनाएको छ ।
कमल गाउँपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा परिवर्तन कृषक समुह कमल २ र नमुना कृषक समुह कमल ६ को व्यवस्थापनमा धान रोपाई सम्पन्न भएको थियो ।
मुलुकभर कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच कृषि उत्पादनमा लाग्न कृषकलाई प्रोत्साहन दिने उद्देश्यले आज धान रोपाई कार्यक्रमको आयोजना गरिएको कमल गाउँपािलका का अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
रोपाई कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठ, कृषिविकास शाखाका कर्मचारी, विभिन्न कृषक समुहका प्रतिनिधी लगायतको उपस्थितीमा रोपाई कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया