रुकुम घटना छानविनको माग गर्दै ध्यानाकर्षण

उमानाथ भण्डारी कमल÷ अन्र्तजातिय विवाहको विवादका कारण पश्चिम रुकुममा पाँच जना मारिएको घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानुनी कार्वाहीको माग गर्दै प्रशासनको ध्यानाकर्षण गराइएको छ ।
झापाको कमल गाउँपालिकास्थित संयुक्त दलित समाज समितिले प्रहरी चौकी केर्खा मार्फत इलाका प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँमा आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहितका युवा र केटी पक्षबीच झडप हुँदा नवराव वि.क. सहित मृत्यु भएका युवाको घटनाको छानविन र दोषिलाई कार्वाहिको माग गर्दै संयुक्त दलित समाज समिति कमल गाउँपालिकाका तर्फ बाट तयार पारिएको ध्यानकर्षण पत्र समितिका अध्यक्ष बसन्त दासद्वारा प्रहरी चौकी केर्खाका इञ्चार्ज राजेन्द्र श्रेष्ठलाई बुझाइएको थियो ।
दुई पक्षबीच झगडा हुँदा केही युवाहरु ज्यान जोगाउन भेरी नदीमा हाम फालेको बताइएको छ । सो घटनामा परी नवराज वि.क.सहित पाँच जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।