ब्याज मिनाह गरी किस्ताको अवधि थप गरिदिन एनएमसीलाई व्यवसायीहरुको माग


काँकरभिट्टा । लकडाउन अवधिलाई शुन्य समय मानी ब्याज मिनाह गरी किस्तालाई ६ महिना अवधि थप गरिदिन व्यवसायीहरुले एनएमसीलाई सोमबार अनुरोध पत्र बुझाएका छन् । विश्वभर फैलिएको कोरोना भाइरसबाट प्रभावित क्षेत्र सार्वजनिक यातायात, होटल, पर्यटन क्षेत्र व्यवसायीले व्याज मिनाह गरिदिन अनुरोध पत्र बुझाएका हुन् ।

पूर्व मेची बस व्यवासायी प्रालिको सभाहलमा भेला भई एनएमसीका शेयर सदस्य समेत रहेका व्यवसायीहरुले विभिन्न क्षेत्रमा लिएको ऋणको व्याज मिनाह गरिदिन आग्रह गरेको थियो । पूर्व मेची बस व्यवसायी प्रालिको अध्यक्ष विष्णुकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले एनएमसी काँकरभिट्टा कार्यालय प्रमुख तेजकुमारी घिमिरेलाई अनुरोध पत्र हस्तान्तरण गरेको थियो ।

तपाईको प्रतिक्रिया