बालबालिका र योग स्वास्थ्

            डा. चुणामणि पाण्डेय
                     योग      शब्दको व्यावहारिक अर्थ धेरै व्यापक रहेको हुनाले यसका विभिन्न अर्थहरू रहेका पाइन्छन । योग सांख्यको क्रियात्मक रुप हो । यो विश्वभरिका सबै धर्म एवम् सम्प्रदायबाट पक्षपातरहित वा तर्क वितर्क रहित सार्वभौम धर्म हो । शरीर तथा मनलाई एकाग्र गरेर आफ्नो आत्मालाई परमात्मामा लिन हुनका लागि हामी जुन प्रक्रिया अपनाउछौ त्यो नै योग हो ।
कुनै वस्तुमा आफुलाई जोड्न वा कुनै राम्रो काममा आफुलाई लगाउनु पनि योग हो । हाम्रो जीवनमा गरेका शारीरिक , मानसिक , धार्मिक , आध्यात्मिक एवम् सामाजिक तवरले गरिएका हुन् या ती सम्पूर्ण कार्यहरुको सफलताको लागि योग एवम् ध्यान नै सफलताको साँचो हो । योगको प्रयोग मानव शरीर एवम् मनको सम्पूर्णताको विकासका लागि गरिन्छ ्र योगमा विज्ञान र कला दुवैको मिश्रण भएको हुन्छ  योगासनको प्रयोगले मान्छेको वाहिरी आवरणमा मात्र नभएर शरीर भित्रका विभिन्न कुराहरुका साथै मन समेत सुन्दर बन्ने गर्दछ ।
                 योगको नियमित अभ्यासका माध्यमबाट व्यक्तिको व्यक्तित्व पूर्ण रुपमा सन्तुलनमा आउने गर्दछ । योगको नियमित अभ्यासले मानव शरीरका बाहिरी पक्ष( शारीरिक ढाँचा, शरीरलाई नियन्त्रण गर्ने पक्ष तथा पाचन प्रणालीमा पनि सुधार गर्ने गर्दछ । त्यस्तै हाम्रो मन एवम् व्यवहारमा पनि परिवर्तन आउने गर्दछ । वाल्यावस्था एवम् युवावस्थामा छिटोछिटो मानसिकता परिवर्तन हुने वा मानसिक संवेग परिवर्तन हुने अवस्थाको रुपमा लिइन्छ ्र युवावस्था त झनै मानसिक संवेग परिवर्तन भइ रहन्छ । मानसिक संवेगहरु नियन्त्रण दबाबमूलक कार्यले रोक्न सकिदैन । यस्तो कार्य को लागि योगादि कार्यको नितान्त आवश्यकता देखिन्छ ।
योगाभ्यासका माध्यमबाट शरीर स्वस्थ र लचिलो मात्र बनाउने कार्य नगरी यसले अनुशासन तथा मानसिक सक्रियतामा समेत फाइदा पुग्ने गर्दछ बाल्यावस्था काल्पनिकतामा पनि बढी केन्द्रित देखिन्छ । जुन कार्यले उसलाई कुनै पनि कार्यमा वा पढाइमा केन्द्रित गराउन पनि योगभ्यासले सहयोग गर्दछ ्र बालकहरु विभिन्न प्रकृतिका रहेका हुन्छन् । कोहि मन्द बुद्धि भएका, कोहि पढाइमा ध्यान नदिने , कोहि खराब आचरण भएका र कोहि अस्थिर मानसिकता भएका हुन्छन् । यी सबैको समाधान योगाभ्यासबाट मात्र सम्भव देखिन्छ ।
वर्तमान अवस्था हेर्दा खेरि केहि समय देखि बन्दाबन्दिले सबै उमेर समुहलाई प्रभाव परेको छ । सबैलाई शारीरिक र मानसिक प्रभाव परेको छ । झन् बालबालिकालाई चन्चले स्वभावका करण पनि बढी प्रभाव पारेको देखिन्छ । हाम्रो परिवार भित्र ३ प्रकारका बालबालिकाहरु देखिन्छन स् उच्च तीक्ष्ण क्षमता भएका , मध्यम वर्गका र कम्जोर क्षमता भएका । यी पनि कमजोर क्षमता भएका बालबालिकाहरुलाई सुधार गर्न वा मानसिक रुपमा एकाग्र गर्न पनि विभिन्न योगाभ्यास एवम् ध्यान अनिवार्य रहेको छ । त्यस्तै गलत आचरण भएका बालबालिकाहरुलाई सुधार गर्न वा मानसिक रुपमा एकाग्र गर्न पनि विभिन्न योगाभ्यास एवम् ध्यान अनिवार्य देखिन्छ । कुनैपनि अभिभावकले पनि आफ्ना बालबालिकाहरु गलत बाटोमा हिडुन् वा कुमार्गमा लागुन् भन्ने कहिल्यै सोच्दैनन र सोच्नु पनि हुँदैन । आजको अवस्थामा प्रत्येक अभिभावकले आफ्ना बालबालिकाहरुलाई योगाभ्यास, ध्यान तथा योग परामर्शमा ध्यान दिन अनिवार्य देखिन्छ । त्यतिमात्र नभएर सरकारले पनि विद्यालय तहमा एवम् उच्च तहमा योग शिक्षा दिनु अनिवार्य एवम् अपरिहार्य रहेको छ । बालबालिकाहरुलाई गराउन सकिने केही योगासन एवम् योगाभ्यासलाई सामान्य जानकारी दिन सकिछ स्
१। सूर्य नमस्कार,
२। कीर्तन,
३।जनावरको आकृति जस्तै बस्ने ९खेलको माध्यमबाट सिकाउने ०,
४। योग निन्द्रा ,
५। ध्यान एवम् कल्पना
केहि अभिभावकहरुले बालबालिकाहरुलाई नियममा बाँध्नु पर्दछ भन्ने धारणाअनुसार समाजका धेरैजस्तो काममा प्रतिबन्ध लगाएको देखिन्छ वा दबाबमा राखिएको देखिन्छ तथा अनावश्यक नियन्त्रणमा राख्ने गरेको देखिन्छ । त्यति दबाबमा वा नियन्त्रणमा राख्दा पनि बालबालिकाहरुको व्यवहार परिवर्तन देखेर अभिभावकहरु हैरान भएका हुन्छन् । यसरी दबाबमा राख्दा बालबालिकाहरुको मानसिकता झन् नकारात्मक हुदै गएको गएको देखिन्छ वा अभिभावकहरुप्रति नै नकारात्मक बन्दै गएको , अभिभावकहरु राम्रो कुरा गर्दा पनि झर्किने जस्ता व्यवहार देखाइ रहेका हुन्छन ।
यसरी बेलैमा ध्यान दिएनौ भने पछि गएर आपराधिक मानसिकता भएका हुन् सक्छन । अहिले पनि धेरैलाई मनोपरामर्श केन्द्रमा गएको देखिन्छ । केहीलाई डिप्रेशन भएको देखिन्छ ्र यस्तो अवस्था आउन नदिन पनि बालबालिकालाई सानै देखि योगाभ्यास एवम् योगादिकार्य, ध्यान, प्राणायाम आदि गराउँदा पछि आउने समस्यालाई बेलैमा समाधान गर्न सकिन्छ ्र यसमा सरोकारवाला सबैले ध्यान दिनु अनिवार्य देखिन्छ ।
विभिन्न योगाभ्यास एवम् योगादिकार्य, ध्यान, प्राणायामआदिका माध्यमबाट बालबालिकाहरुको शारीरिक स्वस्थता तथा मानसिक स्वस्थता आउने गर्दछ । प्रत्येक अभिभावकहरुले पछि गएर पछुताउनु भन्दा अहिले नै ध्यान दिनु अनिवार्य देखिन्छ । सानैदेखि सकारात्मक कार्य एवम् विचारमा बालबालिकाहरु सहभागी गराउन सके घर, समाज एवम राष्ट्र नै स्वस्थ हुन् सक्छ र उनीहरुले पनि आफ्नो भविष्य उज्ज्वल पर्न सक्छन ।

तपाईको प्रतिक्रिया