टिकटक प्रतियोगितामा ८५ जना प्रतिष्पर्धीलाई उछिन्दै प्रथम भइन् जुनु

झापा । झापा–मोरङ अनलाइन फेसबुकमार्फत एक सातादेखी गराइएको टिकटक प्रतियोगितामा मोरङ सुन्दरहरैचा नगरपालिकाकी जुनु कार्की ८५ जना प्रतिष्पर्धीलाई उछिन्दै प्रथम भएकी छिन ।
प्रतिगितामा दोस्रो खोर्साने मोरङकी अप्सरा कार्की, तेस्रो उर्लाबारी निवासी एलिसा कार्की भएकी छिन भने सान्त्वना स्वरुप चौथो बिराटनगर निवासी प्रमिला निरौला, पाँचौ धरानकी रुजा ठकुरी र उत्कृष्ट अभिनयतर्फ धनकुटाकी सिर्जना भण्डारी भएकी छिन । प्रतियोगितामा पोस्ट भएको जुनु कार्कीको प्रथम टिकटक भिडियोले पाँच सय उनासि लाइक पाएको थियो त्यस्तै दोस्रो हुन सफल अप्सरा कार्कीको भिडियोले पाँच सय बहत्तर लाइक , तेस्रो हुन सफल भिडियो एलिसा कार्कीको भिडियोले चार सय बैसठ्ठी लाइक पाएको थियो भने सान्त्वना हुने प्रमिला निरौलाको भिडियोले तीन सय एकसठी लाइक पाएको थियो भने धरानकि रुजा ठकुरीको भिडियोले दुइसय एकाइस लाइक पाएको थियो उता उत्कृष्ट अभिनय तर्फ धनकुटाकि सिर्जना भण्डारीको भिडियोले दुई सय बाउन्न लाइक पाएको थियो ।
प्रतियोगितामा सहभागी हुने सम्पुर्ण प्रतियोगिहरुको कला अभिनय उत्कृष्ट रहेता पनि प्रतियोगिताको नियमले गर्दा नतिजा निकाल्न नसकेकाहरुलाइ अनलाइन पेजका संचालक पवन निरौलाले धन्यवाद प्रकट गरे । झापा– मोरङ अनलाइन पेज मार्फत दोस्रो सिजनपनि सुरु भएको अनलाइन पेजका सहजकर्ता कालेकृष्णले बताए । दोस्रो सिजनमा प्रथम हुनेलाई नगद पाँच हजार एक पुरस्कार र दोस्रोलाई नगद दुइ हजार तेस्रोलाई एक हजार र सान्वता पाँच सय रहेको जनाइएको छ । टिकटक प्रतीयोगितामा भागलिनेले झापा मोरङ अनलाइनको इनबक्स वा भाइबर वाटसप ९८००९६७८९९ मा पठाउन सकिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया