के आयो जमाना !

मातृका लामिछाने

के आयो जमाना ! बिहेको कोटमा
माहुर होइन नागरिकता बोक्नुपर्छ,
सिउँदोमा नागरिकता सटिञ्छ यदि भने
वारीपारी बिहेबारी रोक्नु पर्छ !
अन्यथा नागरिकता भन्दा पहिले

सुबिधा कार्ड देउ
देशको कानुन, रहन सहन बुझेपछि
बल्ल नागरिकता देउ !

देशमै जन्मेकोले त

नागरिक हो भन्न १७ बर्ष कुर्न पर्छ
डेढ दशकसम्म उ अनागरिक भै बस्नु पर्छ
बिहे गर्दैमा तिमि यो देशको
नागरिक कसरि भयोउ ?
नेपालको नागरिक हुन त तिम्लाई
यो देशमा जन्म जुर्नु पर्छ
कि बसोबास हुनुपर्छ बाबु-बाजे, आमाको
अनि पाइन्छ नागरिकता बंसजको
व्यक्तिले पति अंगिकार गर्ला पत्नी स्वीकार गर्ला
तर राज्यले ज्वाई र बुहारी मानेर
किस्तीमा नागरिकता राखेर
दाम चडाउने भन्ने हुदैन।

नागरिकता पाउन
देश, भाषा, भेष-भुषा पनि बुझ्नुपर्छ
नियम, कानुन र सामाजिक परिवेश बुझ्नु पर्छ
देशभक्ति र देश प्रेम पनि बुझ्नुपर्छ
भावनामा बहकिएको पति,पत्नीको प्रेम होइन
रगतमा बगेको देश प्रेम हुनुपर्छ
त्यसैले अंगिकृत हुन पनि केहि समय कुर्नपर्छ
ग्रीन कार्ड र पी आर पाएर पनि अरु देशमा
नागरिकता पाउन केहि बर्ष कुर्न पर्छ
यो संसारको रित हो, बिधि पद्दति हो ।

एक नागरिकताबादी कुर्लीइन
के हामी भाडा मोल्न,
छोराछोरी जन्माउन मात्र आको हो ?
मैले जवाफ दिएँ
ए उशो भए बिहेको भोलिपल्टै
नागरिकता लिन पो आको त ?

मैले नागरिकताको बिरोध हैन गरेको
न त आगन्तुक बुहारी, ज्वाइको मर्दन गरेको
मैले त एसको गरिमा र महत्व दर्शाउन खोजेको
कि बिहे गरेको भोलिपल्ट नै सकिने भए दिन
बच्चा जन्मेको भोलिपल्ट नागरिकता दिन नमिल्ने किन ?

यहि प्रश्न सोधे मैले हकिमसा’ब लाइ
हाकिम साब ! जन्मेको बच्चा १७ बर्ष हुन्जेल
उ नागरिक हुदैन ?
के हुन्छ त जनावर ?
हाकिमले कहे नाबालिग हुन्छ !
मैले भने नाबालिग यो देशको नागरिक होइन ?
हाकिम बोले हो हो ,,
उसो भए नागरिकता खोइ त ?
हाकिम साब कड्केर बोले दिन मिल्दैन !
मैले पुछें , मालिक !

बिहे गरेको भोलिपल्ट दिन मिल्ने
मैले सत्र बर्ष सम्म
जनावर झैँ हुन पर्ने ?
हाकिम साबलाइ लाटो रिस उठो

मलाई थुन्ने आदेश बक्स भयो
मैले नि थुनिएकै ठाउमा
यो छिर्के मिर्के कविता कोर्दिएँ
कविताले नै तिनको दिलको ढोका फोर्दिएँ ।
आगे हाकिमसावको मर्जी
नागरिकता दिउन की राखुन ।
तर मलाई थुनामा नराखुन ।

तपाईको प्रतिक्रिया