विद्युत सर्ट भएर आगलागी


बिर्तामोड । बिर्तामोड नगरपालिकामा बिहीबार आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
विद्युत् सर्ट भए आगलागी हुँदा बिर्तामोड–१ का देवेन्द्र भुजेलको घर रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । विद्युत सर्ट भएर घरमा आगलागी भएसंगै सिलिन्डर पड्किएको स्थानीयबासीको भनाइ छ । जसका कारण आगो थप दन्किएको हो ।
आगो स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।