लेखक खेमलाल पोखरेललाई अन्तर्राष्ट्रिय मेडल

राजु पोख्रेल
दमक / दमकका खेमलाल पोखरेलले अन्तराष्ट्रिय मेडल प्राप्त गरेका छन् । नेपाली भाषा,साहित्य,कला,संस्कृतिका क्षेत्रमा क्रियाशिल उनले सेक्सपीयर जयन्तीका अबसरमा विश्वकै उत्कृष्ट लेखकहरुमा छनौट भएका हुन् ।
दमकको मेची अंग्रेजी माविका संस्थापक रहेका पोखरेलले पिएचडीका विद्यार्थीको शोधको समेत सम्पादन गर्ने गरेका छन् । साहित्य सिर्जनामा लामो समय ब्यत्तित गरेका उनी प्रतिभा निकेतन दमकका संस्थापक अध्यक्ष , झापा प्याब्सनका संस्थापक सदस्य, दमक बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक, सत्याल पब्लिकेशनका वरिष्ठ सम्पादक हुन् । दमक प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहेका पोखरेलले अन्तरास्ट्रिय रुपमा प्रदान गरिने अर्डर अफ सेक्सपियर मेडल सम्मान पाएकाहुन् ।
घोषणा अनुसार उनले उत्प्रेरक हुने किसिमका अग्रेजी तथा नेपालीमा ६४ भन्दा बढि पुस्तक लेखेका छन् । अंग्रेजीका प्राध्यापक डाक्टर गोविन्दराज भटटराईले साहित्य प्रेमीका लागि खुसीको अवसर भएको उल्लेख गरेका छन् । यस्तै दमकका साहित्यकारहरुले साहित्यमा उन्नयनमा पोखरेलले गरेको योगदानको कदर भएको बताएका छन् । उनी प्याब्सन झापाका पूर्व बरिष्ठ उपाध्यक्ष तथा मेची अंग्रेजी माविका प्रध्यानाध्यापक श्रवण पोखरेलका पीता हुन् । श्रवणले समेत उनको योगदानको कदर भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया