लकडाउन संक्रमण र दायित्व


बिष्णुप्रसाद रिमाल
देशले ५५औँ दिनको लकडाउन बेहोरी सकेको छ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद सकिनै लाग्दा संक्रमण बढेसगै सरकारले पुनः लकडाउनको म्याद थप्ने निश्चितिप्राय नै रहेकोले एउटा सचेत नागरिकको हैसियतले सरकारलाई तपसिल बमोजिम सुझाब पेसगर्न चाहन्छु ।
सरकारले आगामी पन्ध्रदिन सम्म एकैपटक कडा लकडाउन गर्न जरुरी छ जसकारण जनताले एकखालको मानसिकता बनाउछ्न । यसबीचमा अहिलेसम्म संक्रमीत देखिएकालाइ अत्यन्तै राम्रो ब्यबस्थापन गरौ । संक्रमणको सम्भावना भएको ठाउका प्रत्येक ब्यक्तिको परिक्षण गरौ,जसकारण परिक्षणको दायरा कमहुदा भोलिको स्तिथी झन भयावह हुने हो कि भन्ने जनमानसमा रहेको संका दुर हुन जान्छ । संक्रमणको उच्च जोखिममा रहेका बारा पर्सा जस्ता ठाउलाइ पुर्णतया शिल गरौ । उक्त स्थान बाट बाहिरिन भित्रिन प्रतिबन्ध लगाउ । अढाइसय भन्दा बढी सन्क्रमित देखिइ सक्दा पनि कसैको मृत्यु नहुनु नेपाल र नेपालीको लागि अत्यन्तै सकारात्मक पक्ष्य भएकोले नेपाल जस्तो देशले भ्याक्सिन बनाउन नसकेपनी कसरी संक्रमण कमगर्न सकिन्छ भन्नेबारेमा बैज्ञानिकहरुलाइ लगाएर परिक्षण गरौ । परिक्षण सफल भएमा बिस्वभरिनै वाहा वाही पाउन सक्छ देसले ।
लकडाउनको समयमा एम्बुलेन्स,सुरक्षाकर्मी र अत्यावश्यक बस्तुका गाडी मात्र गुडन दिऔ । लकडाउनले गर्दा सडक खाली हुने र मानिसको आवत जावत कम हुने भएकोले सुरक्षा प्रबन्ध मिलाएर सडक र अन्य ठुला निर्माणको कामलाई तिब्रता दिऔ ।
खाद्य सामान खरिदको लागि देसैभरी ०८(११ बजे सम्मको निस्चत समय निर्धारण गरौ । उक्त समय बाहेक कुनैपनी पसल खोल्न नदिउ । बैंक वा बित्तीय सम्स्थालाई रोटेसनको आधारमा निस्चित समयमा मात्र कारोबार गर्न दिऔ । बैंकको नाममा समेत आवत जावतको क्रम बढेको हो । गरिबसंग बैंकमा पैसा हुदैन धनिलाइ खाचो हुदैन त्यसैले बैंकलाई पनि निस्चित समयमा मात्र कारोबार गर्न दिनु उचित हुनेछ । सदैब पहिलो लाइनमा रहेर जनतालाइ सुसूचित गराउने पत्रकारलाई पनि कारण खोजेर मात्र आवत जावत गर्न दिऔ । मोफसलका पत्रकारहरुलाइ कोरोना संक्रमणदेखि बाहेकको समाचार संकलन गर्न नजान आग्रह गरौ ।जानैपर्ने हुदा स्वास्थ सुरक्षा अपनाएर मात्र हिड्न दिऔ । कतिपय पत्रकारहरु आवास्यकताले भन्दापनि पहेँलो ज्याकेट लाउने रहर र पत्रकारको पासमा हिड्ने रहरका कारण उनीहरुबाट संक्रमण फैलिने सम्भावना उत्तिकै देखिन्छ ।
भिआइपिका नाममा हुने भिड्भाड अन्त्य गरौ । रोगले ठूलो सानो चिन्दैन ।
राहत बितरण एकद्वार प्रणालीबाट मात्र गरौ । नगर वा वडाले राहत बितरण गर्दा स्वास्थ सुरक्षा अपनाएर मात्र बितरण गरौ । विभिन्न समुहका नाममा हुने राहत बितरण तत्काल रोकौ । राहत बितरणका नाममा बेपर्वाह गाडिमा हिड्न दिएको पास खारेज गरौ । हिरो हुने र चर्चा कमाउने समय हैन यो । नगरले मात्र राहत बितरण गर्न कठिन भएको खन्डमा १ वा २ वटा समुहलाइ मात्र राहत बितरण सहयोगको लागि आग्रह गरौ । उनिहरुले समेत राहत बितरण गर्दा स्वास्थ सुरक्षा अपनाएर मात्र बितरण गर्न निर्देशन दिऔ । कसैलाई राहत सहयोग गर्न इच्छा भए वडा वा नगरमा जम्मा गर्न आग्रह गरौ । वास्तविक गरिब पहिचान गरेर मात्र राहत बितरण गरौ । दैनिक ज्याला मजदुरी गर्ने प्रत्येक परिवारलाइ राहत बितरण गरौ । अन्यथा दैनिक मजदुरी गर्न एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्दा रोग फैलिने सम्भावना बढ्ने छ । राहतमा राजनिती नगरौ । यो भोट बढाउने बेला हैन जनता बचाउने बेला हो,मानबियता देखाउने बेला पनि हो । त्यसैगरी चोक चोकमा भेला भएर गफ गर्ने कार्यलाइ निरुत्साहित गरौ ।
सिमा नाकालाई कडाइ गरौ । सिमाबाट कोइला बोकेका ट्रकहरु भित्रीइ रहेको खबर सुन्नमा आएको छ । यदि उक्त ट्रकमा आएका ब्यक्तिबाट संक्रमण फैलिएमा त्यो दोस सिमामा खटिने सुरक्षाकर्मी र निर्देशन दिने अधिकारहरु लाई जानेछ । अतः रोगसग नाफा नसाटौ । सिमानामा आएर अलपत्र परेका नेपालीलाइ देश प्रबेस गराइ क्वारेन्टाइनमा राखेर परिक्षण गरौ । सिमानामा आइ पुगेर प्रबेस नदिदा लुकिछिपी प्रबेस गरेका कारण जोखिम बढीरहेको छ । भिजिट भिसामा बिदेस गएर अलपत्र परेकालाइ देश भित्र्याउने बाताबरण बनाउ ।
हामी सबै नागरिकले घरैमा बसि सरकारलाइ सहयोग गरौ । मानिस र राज्यले लामो समयसम्म लकडाउन खेप्न नसक्ने भएकोले १५ दिनपछि भने लकडाउन खोल्ने गरि तयारी गरौ । लकडाउनको पालना गर्नु आफ्नै लागि भएकोले नागरिक,टोल(गॉउ(नगरका प्रतिनिधि,प्रशासन सवैले तदनुकुल आआफ्नो कर्तव्य पूरा गरौँ १आफू अनुकुल लकडाउनलाई प्रयोग नगरौं । [email protected]

तपाईको प्रतिक्रिया