मेचीनगरका कुन सहकारी कहिले खोल्ने ? विवरणसहित

मेचीनगर । मेचीनगर नगरपालिकाक्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरु अब दैनिक दुई घण्टा सञ्चालनमा आउने भएका छन् ।

आर्थिक विकास शाखा प्रमुुख दीपेन्द्र कार्कील मंगलबार सूचना जारी गरी विहान १० देखि मध्यान्ह १२ बजेसम्ममात्र मेचीनगर क्षेत्रभित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुलाई सञ्चालन गर्न आग्रह गरेका हुन् ।
नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवधिमा सामाजिक दुरी र सावधानी अप्नाएर सेवा प्रदान गर्न सूचनामा भनिएको छ । नगरपालिकामा हस्तानतरण नभएका तथा अन्य स्थानमा समेत कार्यक्षेत्र रहेका र विभिन्न वडामा सम्पर्क कार्यालय रहेका सहकारीहरुको हकमा जोेर विजोर प्रणालीले सेवा सञ्चालन गर्न सूचनामा उल्लेख गरिएको छ । विवरणसहित

 

तपाईको प्रतिक्रिया