नेपाली मुलका दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ मा


झापा। विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल उत्कृष्ठ ७ मा पुगेका छन् ।
अमेरिकन आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट सातमा पुगेका हुन् ।
प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो । अमेरिकाको कन्सास राज्यको विचिटा सहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा अर्थर गनको नामले प्रतिस्पर्धा गरिरहेका छन् । दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए ।
दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि अमेरिकन आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबीसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ । प्रशारणको केही समयमै अमेरिकन आइडलको युट्युब च्यानलमा पनि प्रस्तुती हेर्न सकिन्छ ।
अमेरिकन आइडलको जारी १८औं शृंखलाको निर्णायकमा लुक ब्रायन, केटी पेरी र लिओनेल रिची छन् । निर्णायकले उनलाई भविश्यको तारा भन्दै आएका छन् ।

तपाईको प्रतिक्रिया