टिपरको ठक्करबाट साइकल यात्रीको निधन


दमक । टिपरको ठक्करबाट दमकमा बुधबार विहान एक जना साईकल यात्रीको ज्यान गएको छ । दमक ५ स्थित हरिओम कोलनी मार्गको भित्री सडकमा बुधबार विहान ८ः१५ वजे तिर को.१ ख.५५२४ नम्बरको टिपरको ठक्करवाट दमक नगरपालिका वडा नम्बर १ श्रीपाली टोलका १६ वर्षिय सोवित दर्जीको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक यज्ञराज शर्माले जानकारी दिए ।
तिव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिफरले विपरीत दिशाबाट आईरहेको साईकलयात्रीलाई ठक्कर दिदाँ दर्जीको घटनास्थलमा नै ज्यान गएको उनले वताए । ठक्करवाट दर्जीको कम्मर मुनीको भाग क्षतविक्षत भएको थियो ।
दुर्घटनामा संलग्न टिफर र त्यसका चालक जिल्ला मकवानपुर घर भएका ५१ बर्षिय केदारप्रसाद पुलामीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।