झापाका ६२ वर्षीय मंग्रातीले जिते कोरोनालाई


दमक । प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमितको उपचारका लागि स्थापित कोसी कोरोना उपचार केन्द्रबाट थप एकजना डिस्चार्ज भएका छन् ।
अस्पतालमा उपचाररत झापा दमक ३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज भएका हुन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो ।
पछिल्लोपटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ ।
कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले मङ्ग्रातीको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए ।
मङ्ग्रातीलाई वैशाख १२ गते भर्ना गरिएको थियो । मङ्ग्राती डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ । २२ जना उपचाररत छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया