चुलचाचुलीबाट पिसिआर परीक्षणमा पठाइएका सबै रिपोर्ट नेगेटिभ

उमानाथ भण्डारी
कमल । इलामको चुलचाचुली गाउँपालिकाबाट पिसिआर (स्वाव परीक्षण) गर्न पठाइएका चारै जना पुरुषको रिपोर्ट नेगेटिभ आएको छ ।
भारतको मुम्वईबाट काँकडभिट्टा नाका हँुदै नेपाल आएर जेठ २ गतेसम्म कलवलगुडी क्वारेन्टाईन बसेका उनीहरु जेठ ५ गते चुलाचुली गाउँपालिका आएका १७, १७, १८ र १८ वर्षका चारै जाना पुरुषको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको चुलाचुली गाउँपालिकाका जनस्वस्थ्य निरिक्षक दुष्यान्त दाहालले जानकारी दिए ।
हालसम्म गाउँपालिकाको क्वारेन्टाईन मा बसेका ३२ जनाको आरडिटी परिक्षण भएको र सबै जनाको नतिजा नेगेटिभ आएपछि अहिले उनीहरु होम क्वारेन्टाईन बस्ने स्वस्थ्य शाखाले जनाएको छ ।
गाउँपालिकामा कतार, मलेसिया, दुवई लगायतका देशबाट विभिन्न समयमा आएका ५० जना सेल्फ क्वारेन्टाईनमा बसेको निरिक्षक दाहालले वताए ।