कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो


काठमाडौं । नोभेल कोरोना भाइरसका २० संक्रमित थपिएका छन् । आज कोरोना संक्रमितमा पाँच जना सुदूरपश्‍चिमका रहेका छन् ।
सेती प्रादेशिक अस्पतालमा भएको प्रयोगशालामा कोरोना परीक्षणमा कैलालीमा तीन जना १९, २३ र २६ वर्षीय पुरुष रहेका छन । डडेल्धुराका २८ वर्षीय १ जना, बैतडीका एक जना रहेका छन् ।
१४ जना संक्रमित बाँकेमा फेला परेका छन् भने एकजना रतुवामाई मोरङका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । यसअघि शुक्रबार बिहान ३० जनामा कोरोना संक्रमण देखिएको थियो ।
कुल संक्रमितको संख्या ५०७ पुगेको छ । हालसम्म कोरोना संक्रमित जिल्ला ४१ छन् । शुक्रबारसम्म ७० जना कोरोना संक्रमितको उपचारपछिको जाँचमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएका छन् । शुक्रबारमात्रै २१ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया