कमल गाउँपालिकाका कर्मचारीहरुले प्रोत्साहन भत्ता नलिने

उमानाथ भण्डारी
कमल । कमल गाउँपालिकाले कर्मचारीलाई उपलब्ध गराउँदै आएको प्रोत्साहन भत्ता कमल गाउँपालिकाका कर्मचारीहरुले नलिने भएका छन् ।
गाउँपालिकाको बिहीबार बसेको कार्यपालिकाको वैठकले स्वस्थ्य र सरसफाई वाहेकका कर्मचारीले लिँदै आएको प्रोत्साहन भत्ता लकडाउन अवधिभर नलिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत शुवास श्रेष्ठले जनाकारी दिए ।
गाउँपालिकाले कर्मचारीलाई उपलब्ध गराउँदै आएको प्रोत्साहन भत्ता गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने र सोहि कोषबाट यो बिषम परिस्थितिमा कोरोना भाइरसको (कोभिड १९) संक्रमण रोकथामका लागि खर्च गरिने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।