अष्टेलियाबाट अति विपन्न परिवारलाई पराजुलीको सहयोग


मेचीनगर । नोवल कोरोना भाइरस (कोभिड–१९)ले मुलुक ५९ औँ दिनको लकडाउन अवस्थामा छ । आर्थिक संकटको अवस्थालाई मध्येनजर गरेर अष्टे«लियामा रहेका डिल्ली पराजुलीले अतिविपन्न वर्गलाई खाद्यान्न सहयोग उपलब्ध गराएका छन् । स्व. राधाबल्लभ पराजुली र माता लेखीमाया पराजुलीको छोरा डिल्ली पराजुलीले उक्त राहत बराबरको रकम नेपाल पठाएका हुन् । राहतको संयोजन नकलबन्दा यूवा समूह र मेचीनगर –५ को वडा कार्यालयले गरेको हो । १३० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको मेचीनगर–५ का वडा अध्यक्ष योगेन थापा मगरले बताए । हाल अष्ट्रेलियामा बसोबास गरिरहेका पराजुली मेचीनगर ५ का हुन् । राहत डिल्ली पराजुलीकी ममतामयी माता लेखीमाया पराजुलीमार्फत वडा कार्यालय मेचीनगर–५ लाई प्रदान गरिएको राहत वितरण समितिका संयोजक पुष्पकुमार गेलालले जानकारी दिए । समाजसेवी पराजुलीले विभिन्न समयमा यस क्षेत्रमा सहयोग गरिरहेको स्थानीयबासीको भनाई छ ।

तपाईको प्रतिक्रिया