अर्जुनधारा २ को वडा भवन शिलान्यास


झापा । अर्जुनधारा नगरपालिका वडा नम्बर २ को वडा भवन बन्ने भएको छ । बुधबार नगर प्रमुख हरिकुमार रानाले एक कार्यक्रमकाबिच वडा कार्यालयको भवनको शिल्यन्साय गरेका हुन् ।
साबिक खुदुनाबारीमा रहेको वडा कार्यालयको आफ्नै भवन बनाउन लागिएको वडाध्यक्ष रघु खनालले जानकारी दिए । ९४ लाखको लागतमा हाललाई दुई तलाको ८ कोठाको भवन निमार्ण गरिने भवन निमार्ण समितिका अध्यक्ष चित्रा फागुले बताइन् ।
स्थानीय दाताहरु प्दमबहादुर कन्दङ्वा, रोम पुलामी, पदम पुलामी नैनासिंह मगरले प्रदान गरेको ६ कठ्ठा जग्गामा भवन निमार्ण गर्न लागिएको हो । बहु बर्षे योजना अन्तरगर्त भवन निमार्णको काम अगाडि बढेको वडाध्यक्ष खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया