मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित


उमानाथ भण्डारी
कमल । कमल गाउँपालिका एक कृषकले आफ्नो खेतमा लगाएको मकैमा दाना नलागेका कारण चिन्तित बनेका छन् ।
कमल गाउँपालिका वडा नम्वर ७ का कृषक महेन्द्रप्रसाद दाहालले ४० देखी ४५ हजार रुपैयाँ खर्चेर २४ कठ्ठा खेतमा रोपेको मकैमा दाना नलागेका कारण उनी चिन्तित बनेका हुन् ।
प्रति केजी ६ सय ५० रुपैयाँका दरले विउ खरिद गरि गत मंसिर १९ गते ८२६ जातको मकै रोपेपनि एउटै घोगामा दाना लागेको छैन । मकैको बोट र त्यसमा लागेको घोगा हेर्ने हो भने २ सय मन फल्ने आशामा रहेको कृषक महेन्द्रप्रसाद दहाल बताउँछन् ।
मकैको विउ विक्रेताका अनुसार अन्यत्र मकै फलेको र यस ठाउँमा कमै नफल्नुमा मौसमको कारण भएको मकैको विउ विक्रेता दिनेश सामग्री भण्डार गौरादह २ का संचालक लेखबहादुर थापा बताउँछन् ।
. कृषकले वढी उत्पादन गर्ने मनसायले उन्नत जात (हाईब्रिड) लगाउने चलन छ । उन्नत जातमा पहिलो पुस्ता अत्याधिक धेरै फल्छ त्यसैलाई कृषकलले पुन विउमा प्रगोग गर्नाले पनि यस्तो समस्या आउँछ भने अर्कोतिर कहिले काँहि पराग सेचनका समयमा एक्कासि मौसममा आएको परिवर्तनले गर्दा पनि मकैमा दाना नलाग्ने समस्या आएको हुन सक्ने कमल गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले बताए ।
यसरी कृषकले लगाएको वालिमा उत्पादन नभएमा विउविजन वियमावली अनुसार मुल्याङ्कन समितीले गरेको निर्णय अनुसार विउविक्रेताले कृषकलाई क्षतिपुर्ति दिनुपर्ने कानुनी प्रवधान रहेको प्रमुख बोहोराले जानकारी दिए ।
कोरोना भाईरस कारण देश लकडाउनमा छ । कृषकका खेतमा लगाको कतिपय तरकारी बालीले बजार नपाएर कुहिन थालेको छ । अर्कोतिर खेतमा लगाएको मकैमा दाना लागेको छैन जता बाट जे भएनी चेपुवामा पर्ने कृषक नै रहैछौ यस्तो बेलामा सम्बन्धितपक्षले कृषकलाई क्षतिपुर्ति दिनुपर्ने अगुवा कृषकको भनाई छ ।