‘सरकार ! निमोनियाका बिरामीचाहिँ उपचार नपाएर मर्नु’


सागर बुढाथोकी
लोकन्थलीका हरिराम पराजुलीकी श्रीमती रुक्मणीलाई एक सातादेखि लगातार खोकी लागिरहेको थियो । क्षयरोगको शंका लागेर हरिरामले भक्तपुरस्थित नयाँ ठिमीको राष्ट्रिय क्षयरोग केन्द्रमा लिएर गए ।

अस्पतालले क्षयरोग नभएको भन्दै निमोनियाको केही सामान्य औषधि दिएर पठायो । उनीहरु एक सातासम्म अस्पताल नगई घरमै बसे ।

यो एक सातामा देशमा धेरै उथलपुथल भयो । रुक्मणीको स्वास्थ्य पनि देशजस्तै स्थिर रहन सकेन ।

आज ९बुधबार० अचानक सहन नसक्ने गरी छाती दुख्यो, खोकी बढ्यो । चल्न चपटाउन नसक्ने अवस्थामा पुगिन् । त्यसपछि हरिरामलाई आपत पर्‍यो । कहाँ लैजाने रु उनले सोच्न सकेनन् ।

बिहान सात नबज्दै उनीहरु लोकन्थलीकै समिट अस्पतालमा पुगे । अस्पतालले खोकी लागेको देख्नासाथ भर्ना नगरी पठायो । निमोनियाको रिपोर्ट कार्ड देखाउँदा पनि अस्पतालले भर्ना लिन मानेन ।

अब कहाँ जाने रु त्यसपछि झन् आपत पर्‍यो ।

सडक सुनसान थियो । गाडी चलेका थिएनन् । निमोनियाको बिरामी भन्नासाथ एम्बुलेन्सले फोन काट्थ्यो ।

बिरामी र उनका श्रीमान बिहानै हैरान भइसकेका थिए । अनेक प्रयास गरेपछि बल्ल–तल्ल एउटा एम्बुलेन्स आइपुग्यो ।

त्यो एम्बुलेन्सले लोकन्थलीदेखि टेकुसम्म आइपुग्दा बाटामा पर्ने सबै अस्पतालमा छिरायो । निमोनियाको बिरामीको रिपोर्ट कार्ड देखाउँदा पनि कुनै अस्पतालले भर्ना लिन मानेनन् । अस्पताललाई धारेहात लगाएर सराप्नुबाहेक हरिरामसँग अन्य विकल्प थिएन । रुक्मणीको अवस्था नाजुक भइसकेको थियो ।

एकपछि अर्को अस्पतालले फर्काइदिएपछि एम्बुलेन्सले उनीहरुलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगेर छाडिदियो ।

टेकु अस्पतालले निमोनियाको बिरामी देखेपछि भर्ना लिएन । किनकी, उक्त अस्पताललाई सरकारले कोरोना विशेष अस्पताल बनाएको छ । त्यहाँ कोरोनाको बाहेक अरु बिरामीलाई भर्ना लिइँदैन ।

अब हरिरामलाई झनै आपत पर्‍यो । एम्बुलेन्स हिँडिसकेको थियो । जाने कहाँ रु अरु अस्पतालले भर्ना लिन नमानेको तीतो यथार्थ उनीहरुले बिहानैदेखि भोगिसकेका थिए । टेकु अस्पतालका चिकित्सकले वीर अस्पताल जान सुझाव दिए । तर, कसरी रु रुक्मणी हिँड्न सक्ने अवस्थामा थिइनन् ।

तैपनि, रुकमणीले हिँड्न सकिन्छ कि भनेर प्रयास गरिन् । तर, सक्दै सकिनन् । पाइला सर्दै नसरेपछि उनी टेकु अस्पतालको प्राङ्गणमै बसिरहिन् ।

हरिरामले टेकु अस्पतालका केही चिकित्सकलाई एम्बुलेन्स मिलाइदिन आग्रह गरे । तर, त्यहाँ एम्बुलेन्स थिएन । बाहिरबाट बोलाउँदा कोही आएनन् । चिकित्सकको पनि केही नचलेपछि निराश हुँदै हरिराम अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीको कार्यकक्षमा छिरे । धेरै अनुनय विनय गरेपछि डा। भण्डारीले भने, ‘यो अवस्थामा एम्बुलेन्स मिलाउन मेरो पनि केही लाग्दैन, माफ गर्नुस् ।’

एम्बुलेन्स पाउने आशामा निर्देशकको कार्यकक्षमा पुगेका हरिराम निराश भएर फर्किए । त्यहीको एक चिकित्सकलाई सरकारले उपलब्ध गराएको टोल फ्री नम्बर १०२ मा फोन गर्न सुझाव दिए । टोल फ्री नम्बर भनेपछि उनलाई एम्बुलेन्स पाउने थोरै आशा थियो । तर, एम्बुलेन्स चालकको जवाफले रन्थनिए ।

पटक–पटक आग्रह गर्दा एम्बुलेन्स चालक एउटै कुरा दोहोर्‍याउँथे, ‘टेकुमा भर्ना नलिएको बिरामी अन्त कुनै अस्पतालमा भर्ना लिन मान्दैनन्, दुःख पाउन म आउँदिनँ ।’

जतिपटक फोन गरे पनि एम्बुलेन्स चालकको जवाफ एउटै आउँथ्यो, ‘कुनै अस्पतालले भर्ना लिन मान्दैनन् म आउदिनँ ।’

एम्बुलेन्स चालकले आफ्नो अडान नछाडेपछि हरिरामले बिहान–बिहान भोगेको तीतो यथार्थ सम्झेर चित्त बुझाए । तर, रुक्मणीको चित्त कसरी बुझोस् रु उनलाई झन् गाह्रो भइरहेको थियो । उनी निरीह थिइन् ।

त्यसपछि हरिरामले टेकु अस्पताल नजिकै ड्युटीमा खटिएका प्रहरीलाई एम्बुलेन्स मिलाउन अनुरोध गरे । उनको दुर्दशा देखेका एक डीएसपीले भने, ‘हामीले कहाँबाट मिलाउनु एम्बुलेन्स रु अस्पताललाई भन्नुस् ।’

अस्पतालको जवाफ थाहा पाइसकेका हरिराम त्यसपछि चुप भए ।

टेकु अस्पतालको प्राङ्गणमा बसेर आफ्नो यथार्थ बताइरहेका हरिराम निराश थिए । उनकी श्रीमती रुक्मणी अस्पतालको एउटा कुनामा टुसुक्क बसेकी थिइन् । आँशु पिलपिल गरिरहेको थियो । उनलाई देख्दा लाग्थ्यो, उनले अस्पतालमा भर्ना हुने आशा मारिसकेकी थिइन् ।

श्रीमतीको अवस्था देखिरहेका हरिरामले हामीतिर हेर्दै भने, ‘के गर्ने बाबु, अस्पताल समयमै लान सकिएन भने त जे पनि होलाजस्तो पीर भो‘।’

टेकु अस्पतालको प्राङ्गणमा रिपोर्टिङका लागि पुगेका हामी २ जनासँग २ वटा मोटरसाइकल थिए । हामीले उनीहरुलाई वीर अस्पतालको इमर्जेन्सीमा लग्यौं । इमर्जेन्सी गेटमा रहेका सुरक्षाकर्मी उनीहरुलाई देख्नासाथ सुरुमा डराए । निमोनियाको रिपोर्ट कार्ड देखाएपछि मात्रै छिर्न दिए ।

बिहान सात बजे अस्पतालको खोजीमा चाहारेका हरिरामले दिउँसो साढे ३ बजे श्रीमतीलाई अस्पताल भर्ना गरे । भर्ना भएपछि उनले भने, ‘बाबु, सरकारलाई सोध्नु है, ‘निमोनियाको बिरामीले चाहिँ उपचार नपाएरै मर्नु ’

यो त प्रतिनिधि घटनामात्रै हो । कोरोनाको त्रास बढेसँगै रुघा र ज्वरोका बिरामी उपत्यकाको कुनै पनि अस्पतालले भर्ना नलिएका कारण अवस्था भयावह बन्दैछ । एम्बुलेन्स चालकहरुले बिरामी ओसार्न नमानेकाले पनि अवस्था झन् गम्भीर बनाउँदै लगेको संकेत गर्छ ।

टेकु अस्पतालका एक चिकित्सक भन्छन्, ‘सामान्य केसलाई पनि अन्य अस्पतालले कोरोना भन्दै यहाँ पठाएकाले हामीलाई तनाव भएको छ, बिरामीले दुःख पाएका छन् ।’

उपाचार नपाएरै एक बिरामीको मृत्यु

वीरगञ्ज महागनरपालिका वडा नं। २२ जगन्नाथपुरका ३० बर्षीय युवक सन्तोष यादव उच्च ज्वरो आएपछि चैत ९ गते चितवन मेडिकल कलेजमा आए । अस्पताल पुग्दा उनलाई १०२ डिग्रीभन्दा बढी ज्वरो थियो भने लगातार खोकी लागिरहेको थियो ।

तर, चितवन मेडिकल कलेजले उनलाई साधारण जाँच गरेर कोरोनाको आशंकामा थप उपचारका लागि ‘कोरोना विशेष अस्पताल’ मा रिफर गर्‍यो । कोरोना अस्पतालले उनको नाम २० नम्बरमा दर्ता त गर्‍यो । तर, भर्ना गर्न मानेन ।

सन्तोषलाई ‘कोरोना विशेष अस्पताल’बाट पुनः चितवन मेडिकल कलेजमै फिर्ता ल्याइयो । तर, चितवन मेडिकल कलेजमा केही समय राखेर डाक्टरहरुको भनसुनपछि पुनः राति ८।३० बजे फेरि ‘कोरोना विशेष अस्पताल’मै पठाइयो । बल्ल तल्ल त्यहाँ भर्ना भएका सन्तोषको करिब ३६ घण्टापछि मृत्यु भयो ।
सोमबार दिउँसोदेखि श्वास–प्रश्वासमा केही समस्या बढेपछि उनलाई अस्पतालकै सघन कक्ष ९आईसीयु० मा सारिएको थियो ।

उनमा ‘लुपस’ भन्ने रोगले मिर्गौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण पनि थियो । तर, कोरोना जाँच गर्नका लागि टेकु पठाइएकाले त्यहाँ उनको उपचार सम्भव भएन भनियो । रिपोर्ट आइसक्दा उनको मृत्यु भइसकेको थियो । रिपोर्टमा कोरोना संक्रमण देखिएको थिएन ।

यो घटनाले के प्रष्ट पार्छ भने निमोनिया तथा श्वासप्रश्वासका रोगीहरु अहिले सर्वाधिक जोखिममा छन् । सरकार यतातिर पनि सोच्ने कि l अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया