रंगको पर्व होली

मदन अधिकारी । बसन्त ऋतुको आगमन सँगै मेलमिलाप र एक आपसमा सद्बभाव बांड्ने पर्व फागु (होलि ) काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी कपडा झुण्डाईएको तीनतले लिङ्गो गाडेपछि विधिवतरुपमा सुरु हुन्छ । राक्षस हिरन्यकश्यपले विष्णुभक्त का छोरा प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी आफ्नै बहिनी होलिकालाई प्रह्लादकासाथ बलिरहेको आगोमा पस्न लगाए तर प्रह्लादलाई केही भएन। होलीका भने अग्निमा जलेर भष्म भइन् त्यसरी सत्यको विजय भएको धार्मिक विश्वासका आधारमा विभिन्न रङहरुका साथ होली खेलेर यो पर्व मनाउने गरिन्छ । त्यसैगरी द्वापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंश द्वारा पठाइएकि राक्षस रुपी पुतनाले बिष दलेको आफ्नो स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्यागेकी र उनलाई बज्र बासिहरुले जलाई फागु मनाउने प्रथा चलेको धार्मिक विश्वास छ । हरेकवर्ष फागु पुर्णिमामा आफन्त ,छरछिमेकीहरु विभिन्न रंग लगाउने चलन छ साथै उनीहरुबीच सद्भाव र मेलमिलापको विकास गर्ने अवसरको रुपमा पनि यो पर्व मनाउने गरिन्छ ।
होलीका अवसरमा बजारमा बेच्न राखिएका विभिन्न किसिमका रंगहरुले सवैलाई आकर्शित गर्दछ  । झनै धेरै रङलाई पानीमा घोलेर खेल्दाको त मजा नै बेग्लै हुन्छ । त्यसो त वर्षमा एकपटक रंगसँग खेल्नलाई स्वभाविकै मानिन्छ तर यसरी रङ्ग खेल्दा धेरै कुराको ख्याल गर्नुपर्छ ।
पहिलो कुरो त केही समय अघि देखि विश्वमा देखिएको अयचयलबखष्चगक चिसोमा अत्याधिक रुपमा सक्रिय हुने भएकाले यसपालि डाक्टरहरुले होली नखेल्न सुझाव दिएका छन् भने नेपाल सरकारले पनि नखेल्न आग्रह गरेको छ । अर्को तर्फ हामीले प्रयोग गर्ने रङहरु विभिन्न किसिमका रसायनहरु मिसाएर बनाइएका हुन्छन् , तिनीहरुले हाम्रो शरीरमा असर पुर्याउन सक्छ । यसरी बजारमा सर्वत्र उपलब्ध हुने अत्याधुनिक रंगहरुले हाम्रो स्वास्थमा सिधा सम्बन्ध राख्छ ।
होलीमा अत्याधिक रुपमा प्रयोग गर्ने रङहरु मध्ये रातो पनि एउटा हो, यसमा मेर्करी सल्फेट भन्ने रसायन पाइन्छ छ, जसले छालाको क्यान्सर हुने सम्भावना हुन्छ । त्यस्तै कालो रङ्गमा लोड अक्साईस भन्ने रसायन पाइन्छन् जसले मृगौलामा असर पुर्याउँछ । हरियो रङमा कपर सल्फेट भन्ने रसायन पाइन्छन् ,जसले आँखामा हानी पुर्याउँछ र रतन्धो समेत बनाउन सक्छ । यसरी होलीमा प्रयोग गरिने रंग हरुले हाम्रो स्वास्थ्यमा असर गर्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि हामी यसको प्रयोग गरिरहेका छौं ।
हामीले रङ प्रयोग गर्नुपरेको खण्डमा रासायनिक रङको सट्टा विभिन्न किसिमका बोटबिरुवाहरुको प्रयोग गरेर आफूलाई चाहिए अनुसारको प्राकृतिक रङ पनि बनाउन सकिन्छ ,यसरी बनेको रङ स्वास्थ्यका हिसाबले पनि उत्तम मानिन्छ । जस्तै हामीलाई हरियो रङ चाहिएमा तुलसीको पातलाई मिसएर प्रयोग गर्न सक्छौं । त्यसैगरी पहिलो रङका लागि बेसार प्रयोग गर्न सकिन्छ । यसरी बनाइएका प्राकृतिक रङ हरु हाम्रो स्वास्थ्य मैत्री हुन्छन ।
होलीमा खेलिने रङ सँगै जोडिएर आउँछ खाने परिकार पनि । यस पर्वमा विशेषगरी गाँजा, भाङ ,धतुरोको अत्याधिक प्रयोग हुन्छ । आध्यात्मिक दर्शनले गाजा भाँङ धतुरोलाई रोग तथा पीडा नाशक औषधि भनेर महत्वपूर्ण स्थानमा राखेको छ ,तर वैज्ञानिक अनुसन्धानले भने यिनीहरुले पीडा केही कम गरे पनि रोग प्रतिरोधात्मक क्षमतामा ह्रास हुने देखाएको छ ।
यसरी होलिमा प्रयोग गरिने रङले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले आउने होली पर्वमा रङ नखेले पनि आफन्त ,छरछिमेकी परिवारसँग रमाइलो र मिठामिठा परिकार खाँदै सद्भावपूर्ण ढङ्गले मनाउ सबैलाई आगामी फागु पूर्णिमाको शुभकामना ।

तपाईको प्रतिक्रिया