फ्लोरेन्सको प्रेरणादायी जीवन र आजको सान्दर्भिकता

चेतन विष्ट
सबै भन्दा धेरै कोरोना भाइरस प्रभावित राष्ट्र इटलीको फ्लोरेन्स नगरमा जन्मिएकी फ्लोरेन्स नाइटिङ्गेलको सिद्धान्त थियो ‘जब बिरामीको ज्यान जोखिममा हुन्छ तब धेरै ढिलो गर्नु हुँदैन।’ स्वयम् फ्लोरेन्सअस्पतालमा काम गर्न्ने नर्स जस्ले बिमारीको हेरविचार गर्थिन र उनिहरुलाई नयाँ जिवनको सन्देस दिन्थिन। सहयोग र उपकारको क्षेत्रमा आजको मानव सभ्यतामा फ्लोरेन्सको धेरै ठूलो योगदान रहेको छ।
विश्व समुदाय कोरोना भाइरसको संक्रमणवाट प्रभावित भइरहेको बेला हाम्रो देश नेपालले आजसम्म कुनै ठूलो क्षतिको सामना गर्न्नु परेको छैन। तर यो संभावनावाट भने हामी मुत्तm भने छैनौ। बिश्वका अति विकसित ठुला राष्टङले समेत यसको सामना गर्न्न नसकिरहेको परिप्रेक्षमा हामी त धेरै नै कमजोर छौँ। हाम्रा श्रोत र साधनहरु प्रयाप्त छैनन् जो अहिले भोगिरहेको पीडा हो । जनतामा पुर्ण चेतना छैन, आवस्यक प्राबिधिक सामग्री को अभाव छ, धेरै सरकारी अस्पताल पुर्वधार बिहिन छन्, निजि अस्पतालहरु नाफा र स्वार्थका कारण सामान्य बिरामीको समेत उपचार गर्न्न नमान्दा अस्पताल नवजिवनको आशा र श्रोत नभएर क्रुर मृतुको अड्डा बन्दैछ।
तर फ्लोरेन्स उच्च शिक्षा पाएकी उनी मानबताको सेवा गर्न चाहान्थिन उनी मानव सेवालाईनै भगवानको पुजाको राम्रो शैली मान्दथिन, नर्स बनेर बिमारीको सेवा गर्न्ने उनमा एउटा ठूलो संकल्प थियो । तेति बेला उनले अस्पतालहरुमा फोहोर दुर्गन्ध देखिकी थिइन अस्पतालमा काम गर्ने नर्सहरु अनपढ र तालिम कम भएकाहरु हुन्थे बानी व्यबहार नराम्रो हुन्थियो कि जब बिरामी अस्पतालबट जाती भएर आउन असम्भव हुन्थियो । तर अहिलेको अबस्थामा सुबिधा सम्पन्न अस्पताल बिज्ञ स्वास्थकर्मी हरु भएर पनि मानबताहिन,नाफा मोह र स्वार्थले यहाँका अस्पताल महङ्गो र आफैमा दुर्गन्धित छ्न।

इटलीमा राजनितिक पहुँच भएका सम्पन्न परिवारमा हुर्किएकी फलोरेन्सको आमा बुवाको समाजमा सम्मान थियो।उनिहरु आफ्नो छोरीलाई नर्स नबनोस भन्ने चाहाना राख्ते तर पनि परिवारको त्यो इच्छा बिपरित उनी मानव सेवा गर्न्ने उदेस्यले नर्स बनिन। सन १९५० मा यहि उदेस्य पूरा गर्न्न एउटी युवतीको मनमा उठेको बिचारको तुफान पारिवारिक बन्धन बिरुद्द लड्ने योजना सफल भयो उनको सफलताले मानबतालाई फलरेन्स नाईटिगेल बनायो ।जसलाई ‘लेडी विथ द ल्याम्प’ हातमा बत्ती लिएकी केटी भन्न सुरु गरियो।र यो चाहान्थिन कि उनी जहाँ पुग्थिन पिडितको सेवा गर्थिन। यसै सिलसिलामा उनी जर्मन इंग्ल्याड, पेरिस देखि अलेक्जेनिड्र्या सम्म पुगेर त्याहाका अस्पतालहरु को अध्यान गर्थिन र त्यहि बाट सिकेर अस्पतालको प्रबन्धमा कति अनुसासन हुन आवश्यक रहन्छ उनी थाहा पाउथिन।
सन १८५३ मा उनले लण्डनमा आफ्नो कुशलता देखाउदै बिरामीको लागि अस्पताल खोलिन।बिरामीले स्वच्छ हावा पाउनु पर्छ भन्ने मान्यतामा अडिक रहेर असपतालको सुधार गर्दै छ्टो समयमै चर्चा कमाए पछी सन १८५४ मा भएको कृमियाको युद्दमा घाईते सिपाहिको उपचारमा जाने प्रस्ताव आएपछी र त्यस्लाई स्वीकार गर्न्ने आट सङै जब त्याहाको सबै प्रबन्ध समहालिन र त्याहा उनले खेलेको भुमिका र संघर्ष , दैनिक २० घन्टा सम्म गरेको कडा मेहेनत,परिश्रम र सफलता पछि त्यहाँ बिरामीको संख्या घट्न थालो। त्यो निरासाको घडीमा उनिले खेलेको भुमिकाले सारा मानिसमा भएको निराशलाई आशा र भरोसाको संन्देस मिल्थियो। मृतु सङ लडदै गरेकाहरुमा जिवनको ज्वोती जग्मगाउथियो जुन आज को मानव सेवाको सभ्यताको मार्ग दर्शन मान्न सकिन्छ।
फलोरेन्स जन्मेको इटली आज संसारमा सबै भन्दा ठूलो संकटको सामना गरिरहेको छ त्यहाँ स्वास्थकर्मीहरु मरिरहेका छन तर पनि मानव सेवामा उनिहरु कति पनि हिच्किचाएका छैनन इटली सरकार भन्दैछ पहिला जनता बचाउने अनि देस।अन्य कयौं देशहरू पनि यो कोरोना भाईरस सङको युद्धमा होमिएका छन। यो महामारी र संकटबाट मुत्ती पाउन अहिलेको आवस्यकता भनेको स्वास्थकर्मीको सुरक्षा, अस्पतालको उचित ब्यबस्थापन र सरकारले अपनाएको हरेक कार्यमा सहयोग गर्न्नु हो। र हाल बिरामी को प्राथामिक उपचारमा निजि अस्पताल हरुले देखाएको गैर जिम्मेवारी कार्य र त्यसवाट हुन सक्न्ने क्षति लाई गम्भीरतापुर्बक लिदै मानब सेवालाई उच्च प्राथमिकतामा राखेर सार्वजनिक तथा निजि अस्पतालाई सरकारले आवस्यकता अनुसार आफ्नो नियन्त्रणमा लिइ जनताको जीवनरक्षको निम्ति जस्तो सुकै कदम उठाउन सक्नु पर्दछ।