पूर्व मेची बस व्यवसायी संघ प्रालिमा विष्णुकुमार

काँकरभिट्टा ÷ पूर्व मेची बस व्यवसायी संघ प्रालिको आइतबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा विष्णुकुमार श्रेष्ठ निर्वा्चित भएका छन् । संस्थाको सभाहलमा सम्पन्न चुनावबाट उनि अध्यक्षमा निर्वा्चित भएका हुन् ।उनका प्रतिस्पर्धि भवानी केरुङलाई ४६ मतको अन्तरले पछि पार्दै श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठले ६९ मत ल्याएर विजयी भए भने केरुङले २३ मत मात्र प्राप्त गर्न सफल भएका थिए ।११ जनाको सञ्चालक समितिको चुनावमा १० जना सदस्य निर्वा्चित भएका छन् ।सदस्यहरुमा मन्दिरा उप्रेती, राजकुमार पाण्डे, दुर्गाराम अर्याल, केशव गिरी (विदुर), राजिव घिमिरे, कपिल थापा क्षेत्री, कृष्ण काफ्ले, दिपक तामाङ, राजेन्द्र रिजाल र प्रेम तिम्सिना निर्वा्चित भएको निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले जानकारी दिए । त्यसैगरी लेखा समितिको संयोजकमा गोकुल ढुङ्गेल तथा सदस्यहरुमा शान्ता बुढाथोकी र दिपेन्द्रराज पाण्डे निर्वा्चित भएको घिमिरेले बताए ।प्रालिका ८२ जना सदस्यले मतदान गरेकोमा १ मत बदर भएको थियो । आइतबार विहान ८ वजेदेखि शुरु मतदान २ वजे सम्पन्न भएको थियो । करिव ४ वजे निर्वाचनको मत परिणाम घोषणा गरिएको थियो । निर्वाचन समितिको संयोजकमा घिमिरे तथा सदस्यमा प्रलाद श्रेष्ठ र दुर्गा खड्का थिए । पूर्व मेची बस व्यवसायी प्रालिको शनिबार सम्पन्न प्रथम साधारण सभाले आइतबार निर्वाचन गर्ने निर्णय गरेको थियो ।प्रदेश सभाका सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यता तथा प्रालिका अध्यक्ष मोहनप्रकाश उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संघका केन्द्रीय सचिव देवीप्रसाद भट्टराई, नेपाल यातायात मजदुर संघका केन्द्रीय सचिव प्रलाद श्रेष्ठ, पूर्वी नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष केशव गिरी (विदुर), महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषका अध्यक्ष विष्णु गौतम, नेपाल यातायात मजदुर संगठन मेचीनगर समितिका अध्यक्ष खडानन्द भण्डारी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।साधारण सभामा अध्यक्ष उप्रेतीले प्रालिको आर्थिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रालिका प्रबन्ध निर्देशक राजेन्द्र रिजालले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक राजिव घिमिरेले गरेका थिए ।

तपाईको प्रतिक्रिया