विकासको श्रीगणेश भएको छः मन्त्री कार्की


काँकरभिट्टा / प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश नेपाललाई राष्ट्रिय अर्थतन्त्रसँग बलियो व्यवस्थापन गर्नुपर्ने बताए ।
मंगलबार छैटौँ एसिएन ग्रामीण पर्यटन महोत्सव अवलोकन गर्न काँकरभिट्टा आएका मन्त्री कार्कीले ग्रामीण क्षेत्रमा उत्पादन वस्तु र ग्रामीण संस्कृतिलाई प्रवद्र्धन गर्न यो महोत्सवले सहयोग पुग्ने बताए । कार्यक्रम प्रमुख अतिथि मन्त्री कार्कीले मुलुक आधुनिक नेपालमा प्रवेश गर्न लागेकोले अब निराश नबन्न आग्रह गर्दै विकास र समृद्धिका लागि स्थायी सरकार बनेपछि विकास क्षेत्रमा उल्लेख्य काम भएको बताए ।
पर्यटन भ्रमण वर्ष २०२० सफल बनाउन यस्ता महोत्सवले थप उर्जा प्रदान गर्ने भएकाले प्रदेश सरकार सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । मन्त्री कार्कीले प्रदेश सरकारको योजना अनुसार जनताले देख्न र अनुभव गर्न सक्ने काम को श्रीगणेश शुरु भएको छ । सरकारले प्रदेश गौरवका योजनालाई प्राथमिकतामा राखेर निरन्तर रुपमा कार्य सम्पादन गरिरहेको बताए । उनले भने ग्रामीण क्षेत्रका प्राकृतिक सौन्दर्यतालाई प्रवद्र्धन गर्न र ग्रामीण पर्यटनलाई बलियो बनाउँदै त्यही क्षेत्रका नागरिकलाई आत्मनिर्भर बनाउन सक्ने योजना ल्याएको बताए ।
पूर्वको सांस्कृति संगमका रुपमा परिचित पूर्वी प्रवेशद्वार काँकरभिट्टालाई स्थानीय प्रदेश र संघीय सरकारले समन्वय गर्दै आकर्षक स्वागतद्वारका रुपमा प्रवद्र्धन गर्ने र यहाँको विकास र समृद्धिका लागि प्रदेश १ का मुख्यमन्त्रीसँग समन्वय गरेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै मेचीनगर क्षेत्रमा लामोसमयदेखि यहाँका जनताले भोग्दै आएको जंगली हात्तीको प्रकोपलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न पहल गरिने बताए ।
महोत्सव आयोजक समितिका अध्यक्ष अर्जुनकुमार कार्कीको सभापतित्व रहेको कार्यक्रममा प्रदेश सांसद श्रीप्रसाद मैनाली, प्राज्ञ सदस्य शुभद्रा अर्याल, समितिका सल्लाहकार संयोजक डिल्लीराम घिमिरे, वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङलगायतको उपस्थिति रहेको थियो । भने छिमेकी देश भारत, भुटान र स्थानीय कलाकारहरुले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । समितिका सचिव भुपाल शिवाकोटीको सञ्चालन रहेको थियो ।

तपाईको प्रतिक्रिया