बाल सहभागिता विषयक २ दिने प्रशिक्षण तालिम सुरु

धुलाबारी २४ माघ ÷ बाल जागरण मञ्च नेपालको आयोजनामा बाल सहभागिता विषयक २ दिने प्रशिक्षण कार्यक्रम आजदेखी सुरु भएको छ । मेचीनगर नगरपालिका वडा नं १० को आर्थिक सहयोगमा बालबालिको सहभागितालाई प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको हो । बालजागरण मञ्चका अध्यक्ष मणिकुमार लिम्बुको अध्यक्षतामा तथा मेचीनगर नगरपालिका वडा नं. १० का वडा सदस्य धिरावती लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा धुलाबारी माविका संरक्षक शिक्षक रमेश दाहाल, शिÞक्षक इन्दिरा अधिकारी, शिक्षक तेजप्रसाद चौंलागाई, दिपेन्द्र कन्दङवा लगायतको उपस्थिति रहेको थियो । शुभकामना मन्तव्यको क्रममा बालबालिकाको सहभागिता कुनैपनि क्षेत्रमा महत्वपूर्ण हुने बताउदै आगामि दिनहरुमा पनि वडाको तर्फबाट सहयोग रहने प्रमुख अतिथि समेत रहनु भएकी वडा सदस्य धिरावती लिम्बुले बताइन् । त्यस्तै बालबालिका आजको हिस्सेदार भएकाले उनीहरूको सहभागिता महत्वपुर्ण रहेको र राज्यले पनि यसलाई महत्वपूर्ण पाटोको रूपमा लिनुपर्ने धारणा शिक्षक तेजप्रसाद चौलागाइले राख्नु भयो । २ दिन सम्म सञ्चालन हुने तालिममा मेचीनगर वडा नं. १० का शिशु साक्षर आधारभूत विद्यालय र धुलाबारी मा.विका गरी ३० जना विद्यार्थीहरुको सहभागीता रहने जनाएको छ । तालिममा मुख्य प्रशिक्षक कमल चापागाई हुन भने कार्यक्रममा बालजागरण मञ्चका अध्यक्ष मणिकुमार लिम्बु र मदन अधिकारीले तालिमलाई सहजिकरण गर्ने बताइएको छ । उद्घाटन कार्यक्रममा बाल जागरण मञ्च नेपालका सह–सचिव युवराज दाहालले स्वागत मन्तव्य राखेका थिए भने मञ्चका सदस्य भुमिका सुब्बाको सञ्चालन गरेको थिइन् ।