फागुन ४ मा प्रधानमन्त्री ओली झापा आउँदै


दमक / प्रधानमन्त्री केपी शर्मा ओली फागुन ४ गते आइतबार गृहनगर दमक भएका छन् ।
प्रधानमन्त्री ओलीको गृहनगर समेत रहेको दमकमा बिकासे योजनाकोहरुको शिलान्यास र उद्घाटनका लागि उनी झापा आउन लागेको शुक्रबार दमकमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । प्रधानमन्त्री ओली यति एयरको विमानमार्फत भद्रपुर हुँदै दमक आउने र दमकको कृष्णमन्दिरदेखि बेलडाँगी जोड्ने कालोपत्रे सम्पन्न भएको सडक, दमक र मोरङको मिक्लाजुङ्ग जोड्ने मावाँ खोलाको पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने सोही दिन दिउँसो १ः ३० बजे बहुप्रतिक्षित दमक चिसापानी रवि सडकको कालोपत्रेका लागी इलाम झापाको संगम स्थल जिरो पोइन्टमा शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयका सदस्य होम थापाले जानकारी दिए ।
उनका अनुसार दमक चिसापानी रवि सडक नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालयको बहुबर्षे आयोजना अन्तर्गत सो सडकको ३ खण्डमा ठेक्का लागेको पत्रकार सम्मेलनमा बताए ।
शिलान्यासपछि बेलडाँगीमा हुने आयोजित सभालाई समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवलय सदस्य होम थापाले बताए । सो सभामा पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल , संविधानसभाका अध्यक्ष एवम् नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ्ग, भौतिक योजना तथा पूर्वाधार बिकास मन्त्री बसन्तकुमार नेम्बाङ्ग, प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, प्रदेशका मन्त्रीहरु, प्रदेशसांसद लगायत सरकारका उच्चपदस्थ कर्मचारीहरुको सहभागिता रहने सदस्य थापाले जानकारी दिए ।
सभामा इलाम, झापा र मोरङ्गका जनप्रतिनिधी र स्थानीय नागरिकहरुको उल्लेख्य सहभागिता रहने जनाइएको छ । त्यस्तै ओलीले सोही दिन दमकमा निर्माण सम्पन्न भएको एकीकृत नमुना वस्तीको समेत चाबी हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सो नमुनावस्ती दमक नगरपालिका, प्रदेश र केन्द्र सरकारको संयुक्त आयोजनामा सम्पन्न भएको हो । थापाले प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र नम्बर ५ को बिकास निर्माण हेर्ने गरेको बताए । प्रधानमन्त्री ओली सोही दिन काठमाडौ फर्कने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया