प्रेरणाकी मुहान ‘झमक’

विद्या भट्टराई

संसारमा धेरै व्यक्तिहरुले जन्म लिन्छन् तर थोरै व्यक्ति मात्र सफल र अरुको लागि प्रेरणादायी हुन्छन् । त्यस्तै एक संघर्षमयी नारी स्रष्टा हुन झमक घिमिरे । वि.सं. २०३७ असार १ गते बाबु श्री कृष्ण बहादुर र माता आशादेवी घिमिरेको प्रथम सन्तानका रुपमा झमक घिमिरेको जन्म भयो । उनी जन्मदादेखि नै बहु अपाङ्ग थिइन् तर शारीरिक रुपमा अपाङ्ग भएपनि मानसिक रुपमा अपाङ्ग थिइनन् । समाजमा शारीरिक रुपमा सक्षम तर मानसिक रुपमा विचारले अपाङ्ग भएका व्यक्तिको सोच बदल्ने संकल्प लिएर अगाडि बढेकी झमक आज समाज मात्र हैन राष्ट्रकै प्रेरणाकी स्रोत बनेकी छिन् ।

आजका बालबालिका भोलिका देशका सक्षम नागरिक बनाउने लक्ष्य लिएको यस इष्ट होराइजन माध्यमिक विद्यालयले विद्यार्थीलाई किताबी ज्ञान दिने कुनै कसर छोडेको छैन भने विद्यार्थीको चौतर्फी विकास गर्न सुनमा सुगन्ध थप्ने काम झमक घिमिरेको जीवनीले गरेको छ । ब्रिटिस काउनसेलद्वारा सञ्चालित आइ एस ए प्रोजेक्ट अन्तर्गत प्रेरणादायी व्यक्ति झमक घिमिरेको जीवनी प्रयोगात्मक कार्य बनाएर धुलाबारीबाट धरान भेडेटार मुलघाट हुँदै १९० किलो मिटरको यात्रा पूरा गर्दै कक्षा ७ का १३५ जना विद्यार्थी र ६ जना शिक्षक र ३ वटा स्कुल बस चालक सहचालक धनकुटाको सैनिक व्यारेक नजिकै सल्लेरीमा पुगियो । सवारी साधन झमकको घरसम्म पु¥याउन असहज भएकाले सल्लेरीबाट आधा घण्टाको पैदल यात्रा गरी झमक घिमिरेको घर धनकुटा नगरपालिका ३ कचिडे पुगियो । झमक र उनको परिवारसँग पहिला नै समय मागी समय निर्धारण गरिएकाले कार्यक्रम सहज भयो । विद्यार्थीहरुको १५÷१५ जनाको समूह बनाई झमकसँग भेटघाट र कुराकानी समेत गराई विद्यार्थीलाई साक्षातकार गराइयो । झमकका सम्बन्धमा सुनेका र जीवनी पढेका विद्यार्थीहरुलाई साक्षतकार गराउँदा मेरो समूहमा गएका विद्यार्थीहरु उनीबाट प्रभावित भएको पाइयो । शारीरिक रुपबाट अपाङ्ग भए पनि मनको इच्छा र आत्माविश्वास भयो भने मानिसले सफलता प्राप्त गर्न सक्ने रहेछ भन्ने सकारात्मक सोच विद्यार्थीमा उजागर भएको पाइयो ।

साहित्य क्षेत्रकी जाज्वल्यमान तारा बन्न सफल झमक घिमिरे जस्तै अन्य धेरै साहित्यिक स्रष्टाहरु हाम्रो देशको कुना काप्चामा छन् । उनीहरुको प्रतिभा त्यसै खेर गइरहेको छ । राज्यले यस्ता साहित्यिक स्रष्टाहरु हाम्रो देशको कुना काप्चामा छन् । उनीहरुको प्रतिभा त्यसै खेर गइरहेको छ । राज्यले यस्ता साहित्यिक स्रष्टाहरुको खोजी गरी उनीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गराउने अवसर प्रदान गरेको खण्डमा साहित्य क्षेत्रले ठूलो फड्को मार्ने थियो ।

तपाईको प्रतिक्रिया