‘काँकरभिट्टा बौद्धिकता वारपार गर्ने थलो’


काँकरभिट्टा / केही नकारात्मक र केही सकारत्मक सन्देशका साथ छैटौँ एसियन ग्रामीण पर्यटन महोत्सव सम्पन्न भएको छ । यसअघि पाँचौँ संस्करणसम्म बाहुनडाँगीमा सम्पन्न यस महोत्सव काँकरभिट्टामा आयोजना गर्ने निर्णयका साथै कयौँ विवादसम्म पुगेको महोत्सव माघ २६ देखि सुरु भई फागुन १ गते बिहीबार सम्पन्न भएको हो ।
महोत्सवले पर्यटन भ्रमण वर्ष २०२० लाई मुख्य ‘थिम’ बनाउँदै ग्रामीण पर्यटन र उत्पादनलाई विशेष स्थान दिएको थियो । उद्घाटन सत्रमा केक काट्ने विषयदेखि लिएर बाहुनडाँगी क्षेत्रबाट महोत्सव खोसिएकोसम्म सामाजिक सञ्जालमा विवादित भएको महोत्सवले अन्ततः सुखद् अन्त्य गर्न सफल भएको छ । समापन कार्यव्रmममा प्रमुख अतिथि झापा क्षेत्र नम्बर १ का संघीय सांसद राम कार्कीले नेपाल पर्यटकीय, प्राकृतिक र सांस्कृतिक रुपमा संसारलाई चिनाउने राष्ट्र भएकोले यसप्रकारका महोत्सवले भ्रमण वर्षलाई सफल बनाउने शुभसंकेत देखिएको बताए ।
उनले भने–‘संसारलाई चिनाउने धनी देशका नागरिकले आफ्नो व्यवहार र सभ्यतालाई परिवर्तन गर्दै संसारको असल नागरिकको पहिचान बनाउनु पर्छ ।’ काँकरभिट्टालाई सामान वारपार गर्ने नाकाको रुपमा मात्र नलिई बौद्धिक तप्काको वारपारको केन्द्र बनाउनु पर्ने कार्कीको सुझाव थियो । उनले कतिपय देशले महंगो पर्यटन शुल्क असुल्ने गरेको उदाहरण दिँदै तुलनात्मक रुपमा नेपाल त्यस दिशामा उदार रहेको बताए । तर, पर्यटकले खाद्यान्न सामग्री लिएर आउने चलनको अन्त्य गर्दै यहीँ त्यसको सम्पूर्ण व्यवस्थापन गरेर आर्थिक उपार्जनमा लाग्न सांसद् कार्कीले सबैलाई आग्रह गरे । भ्रमण गर्नु घुम्ुन मात्र होइन बौद्धिकता प्राप्ति भएको हुनाले सबैलाई आआफ्नो हैसियत अनुसार भ्रमणलाई निरन्तरता दिनुपर्ने कार्कीको भनाई थियो ।
कार्यव्रmममा बोल्दै मेचीनगर नगरपालिकाका नगर प्रमुख विमल आचार्यले महोत्सवले एउटा बेग्लै उचाई प्राप्त गरेको बताए । आचार्यले भने–‘नेपाल, भारत, बंगलादेशलगायतका क्षेत्रलाई जोड्ने संगमस्थलका रुपमा काँकरभिट्टालाई संसारमा चिनाएको छ ।’ महोत्सवले ग्रामीण भेगमा उत्पादित वस्तुको प्रवद्र्धन र संस्कृतिलाई चिनाउन महोत्सवले महत्वपूर्ण भूमिका खेलेको आचार्य तर्क थियो ।
पूर्वको प्रवेशद्धारमा निर्माण हुन लागेको गौरवका संरचनाले निर्माण सम्पन्न भएपछि थप आकर्षण बनाउने आचार्यले बताए । कार्यव्रmममा भारतका पर्यटन अभियन्ता डा. राज वसु, महोत्सव मूल समारोह समितिका सल्लाहकार संयोजक डिल्लीराम घिमिरे, समितिका अध्यक्ष अर्जुन कार्कीले महोत्सवमा केही छिटपुट त्रुटिहरु रहेपनि ग्रामीण क्षेत्रको प्रवद्र्धन तथा भ्रमण वर्षलाई सफल बनाउन महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यव्रmममा प्रदेश सांसद राधा थापा, मेचीनगर नगरपालिका उप प्रमुख मीना उप्रेती, प्राज्ञ सदस्य शुभद्र भट्टराई अर्याल लगायतको उपस्थिति रहेको थियो । समापन कार्यव्रmममा महोत्सव सम्पन्न गर्न सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो भने समितिका कोषाध्यक्ष सुरेन्द्रकुमार बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यव्रmममा बालन संगिनीका साथै विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यव्रmमको सञ्चालन समितिका सचिव भुपाल शिवाकोटीले गरेका थिए ।

तपाईको प्रतिक्रिया