एक करोड रकम सहित एक व्याक्ति नियन्त्रणमा

 

काँकरभिट्टा। काँकरभिट्टा।सशस्त्र प्रहरी कार्यालय काँकरभिट्टाको टोलिले शनिवार एक करोड रकम सहित एक व्याक्तिलाई नियन्त्रणमा लिएको छ । मेचीनगर ७ स्थित जोरसिमल चेक पोष्टबाट बिहान

९.४५ बजेको समयमा स.प्र.स.नि.सुभाष थापाको कमाण्डमा खटिएको चेक प्वाईन्ट टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्‍चिम तर्फ जादै गरेको बा १२ च ९६८ नं. को जिपमा झोला भित्र राखेको अवस्थामा नेपाली रुपैयाँ नगद (एक करोड) फेला पारेको सशस्त्र प्रहरी बल काँकरभिट्टाले जनाएको छ जिल्ला बारा जितपुरबारा नगरपालिका वडा नं.०३ घरभएका वर्ष २७ को श्रवण कुमार चौधरीलाई नगद तथा सवारी साधन सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको सशस्त्र प्रहरीका डिएसपी ज्ञानमणि पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया